Comments Add Comment

आइतबार पनि घट्यो पाउन्ड स्टर्लिङ डलर र युरोको मुल्य

british pound१२ असार, काठमाडौं । बेलायतमा भएको जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट बाहिरिने मत परिणाम सार्वजानिक भएसँगै घट्न थालेको पाउन्ड स्टर्लिङ डलर र युरोको मुल्य आइतबार पनि घटेको छ ।

शुक्रबार अमेरिकी डलरसँग पाउन्ड स्टर्लिङ डलर ७.७७ प्रतिशत र युरो २.६८ प्रतिशतले अबमुल्यन भएको थियो । आइतबार भने अमेरिकी डलरसँग पाउन्ड ८.५० प्रतिशत र युरो २.३५ प्रतिशतले घटेको ब्लुमबर्गले जनाएको छ । पाउन्ड र युरो अन्य देशका मुद्रासँग पनि अबमुल्यन भएका छन् ।

बेलायत इयुबाट बाहिरिँदा त्यसको राजनीतिक असर पर्ने अनुमानमा मुद्रा व्यापारीहरु युरो र पाउन्ट बेचेर अमेरिकी डलर किन्न उत्साहित भएकाले अमेरिकी डलरसँग युरो र पाउन्ड अबमुल्यन भएको हो ।

नेपालमा पनि पाउन्ड स्टर्लिङ र युरोको मुल्य घटेको छ । शुक्रबार एक पाउन्ड स्टर्लिङ खरिद गर्नका लागि १ सय ५९ नेपाली रुपैयाँ तिर्नुपथ्र्यो । आइतबारका लागि भने नेपाल राष्ट्र बैंकले एक पाउन्ड स्टर्लिङ डलरको मुल्य १ सय ५० रुपैयाँ तोकेको छ । इयुमा आएको फुटसँगै एकैदिन पाउन्डको मुल्य ९ रुपैयाँले घटेको हो ।

त्यसैगरी शुक्रबार एक युरो किन्न १ सय २२ नेपाली रुपैयाँ खर्चिनु हुने गरेकोमा आइतबारका १ सय २० रुपैयाँमै पाइन्छ ।

तर, शुक्रबारको तुलनामा नेपाली बजारमा अमेरिकी डलरको मुल्य भने १ रुपैयाँले बढेर एक अमेरिकी डलर किन्न १ सय ८ रुपैयाँ ४० पैसा खर्च गर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment