Comments Add Comment

बंगलादेशबाट १० हजार मेट्रिक टन चामल नेपाल आउन सुरु, शनिबार २५० मेट्रिक टन हस्तान्तरण

Bangaladesh-rice-laden-trucks-nepa

१२ असार, झापा । नेपालका भूकम्प पीडितहरुलाई राहतस्वरुप बंगलादेश सरकारले घोषणा गरेको १० हजार  मेट्रिक  टन चामलमध्ये दोस्रो चरणमा १ लाख क्विन्टल चामल उपलब्ध गराउन शुरु भएको छ । बंगालादेशले शनिबार २ सय ५० मेट्रिक टन चामल नेपाललाई हस्तान्तरण गरेको छ ।

भारत-बंगलादेश सीमा नाका फूलबारी बंगलाबन्दमा विपद व्यवस्थापन तथा राहत मन्त्रालयका निर्देशक मोहमद अनिसुर रोहमानले नेपालका लागि झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटासहितको टोलीलाई शनिबार चामल हस्तान्तरण गरेका  छन् ।

शनिबार अपरान्ह १० वटा ट्रकमा २ सय ५० मेटि्रक टन चामल काँकरभिट्टा ल्याइ पुर्‍याइएको छ । दोस्रो चरणको राहत अन्तर्गतको १ लाख क्विन्टल चामल एक महिनाभित्रमा नेपाल आइपुग्ने जनाइएको छ ।

नेपाल ल्याइएको चामललाई खाद्य संस्थान झापाको गोदाम राखिएको छ । र, आगामी आर्थिक वर्षमा भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याउने तयारी छ । निमित्त प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार यसका लागि ढुवानीको व्यवस्था मिलाउने योजना गरिएको छ ।

नेपालका भूकम्प पीडितलाई राहत स्वरुप प्राप्त चामल बुझ्दै झापाका निमित्त प्रजिअ सापकोटाले बंगलादेशको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, बंगलादेशका तर्फबाट रोहमानले नेपालीको दुःखमा बंगलादेशको निरन्तर साथ रहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment