Comments Add Comment

प्रिभ्यू-जर्मनीलाई स्तब्ध पार्ने स्लोभाकियाको लक्ष्य

आइतबार राति ९ः४५ बजे

germany-team

युरोकप फुटबलको नकआउट चरणको पहिलो खेलमा विश्वबिजेता जर्मनीले आज स्लोभाकियासँग प्रतिस्पर्धा गर्दैछ ।

विश्व बिजेता जर्मनीले समूहमा दुई जित र १ बराबरीसहित बिजेताको रुपमा नकआउट चरणमा प्रबेश गरेको हो । समूहमा उनीहरुको प्रदर्शन निक्कै फितालो देखिएको थियो जति विश्व च्याम्पियनबाट अपेक्षा गरिएको थियो । जर्मन प्रशिक्षक जोचिम लोलाई यसैको चिन्ता छ कि नकआउट चरणको पहिलो प्रतिद्धन्दी स्लोभाकियासँग गत मे महिनाको अन्तिम साता जर्मनीले पराजय ब्यहोरेको थियो ।

यता स्लोभाकिया समूह चरणमा उत्कृष्ट तेस्रो हुने चार टोलीमा परेर नकआउटचरणमा पुगेको हो । उसले वेल्ससँग पराजय ब्यहोरेपनि रसियालाई पराजित गरेको थियो भने इंगल्याण्डसँग बराबरी खेलेको थियो । स्लोभाकियाली फुटबल टोली पछिल्लो समय सुन्दर फुटबल खेलिरहेको छ एकातिर भने अर्कोतिर केहि विवादितपनि छ ।

म्याट हृयुमल्स चोटमुक्त हुँदै मैदान फर्किएपछि जर्मनीको मनोबल केहि बढेको छ । यद्यपी समूहको अन्तिम खेलमा जेरोम बोटिङ चेाटिल बनेपछि टोलीमा केहि धक्का लागेको छ । तर प्रशिक्षक लोले भने उनी फिट रहेको दावी गरेका छन् । जोचिम लो ठूलो प्रतियोगितामा टोलीको फर्मेसन प्रायः समान राख्छन् त्यसैले आजको खेलमा पनि उनले सोही फर्म्याटमा खेलाउनेछन् जसरी उत्तरी आयरल्याण्डबिरुद्ध समूहको अन्तिम खेल खेलाएका थिए ।

जर्मनीबिरुद्धको महत्वपूर्ण प्रतिस्पर्धाका लागि स्लोभाकियाली टोलीबाट डिफेण्डरहरु तोमस हुबोकान र दुसान भेन्टो खेल्न सक्नेमा मुख्य दुविधा छ । त्यस्तै एट्याकिङ मिडफिल्डर रोबर्ट माकको पनि फिटनेसको समस्या देखिएको छ । तर उनीहरुले सकारात्मक सोच लिएका छन् ।

यी दुई टोलीले पछिल्लो पटक २९ मे मा मैत्रिपूर्ण खेलका लागि आमने सामने भएका थिए । त्यस खेलमा स्लोभाकियाले १-० ले पछि परेको स्थितिलाई उल्टाउँदै ३-१ क्ो जित दर्ता गरेको थियो । यी दुईबीचको हेड टू हेडपनि बराबरी जस्तै देखिएको छ । यी दुई टोलीबीच ५ पटक प्रतिस्पर्धा भएकोमा जर्मनी ३ र स्लोभाकिया २ पटक बिजयी भएका छन् ।

के भन्छन् प्रशिक्षक

जोचिम लो, जर्मनी

उत्तरी आयरल्याण्डभन्दा फरक प्रतिद्धन्दी हो स्लोभाकिया । मेरो बिचारमा उ अझै बलियो छ । हामी गत मेको अन्तिममा उसँग पराजित भएका थियौं । त्यसैले स्लोभाकियाबिरुद्धको खेलमा हामी निक्कै सजक हुनु जरुरी छ । बिशेषगरी उसको रक्षापंक्ति उत्कृष्ट छ । समूह चरणमा स्लोभाकिया इंग्ल्याण्डभन्दा पनि बलियो थियो । उसलाई रोक्नका लागि मैले टोलीमा केहि परिवर्तन गर्ने सोचेको छु ।

जान कोजाक, स्लोभाकिया

जर्मनी हाम्रो लागि सबैभन्दा ठूलो चुनौति हो । त्यसैले मलाई लाग्दैन कि समूहको अन्तिम खेलमा इंग्ल्याण्डसँग हामीले जस्तो खेलेका थियौं त्यो जर्मनीबिरुद्धपनि पर्याप्त हुन्छ भनेर । हामी फेरि एकपटक जर्मनीलाई जित्न चाहन्छौं । उनीहरु निक्कै बलियो टोली हुन् तर प्रत्येक विपक्षीको एउटा न एउटा कमजोरी हुन्छ हामी त्यसैलाई प्रहार गर्नेछौं । उनीहरु विश्व च्याम्पियन हुन् तर हामीले उनीहरुलाई पराजित गरेको धेरै भएको छैन र हामी उस्तै मनोबलमा छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment