Comments Add Comment

‘प्रेम रक्षक’बाट गणेशको निर्देशन श्रीगणेश, रविनाको डेब्यू

GANESH-BELBASE,-SANTOSH
निर्देशक गणेश बेल्बासे (बिचमा) रेकर्डिङ स्टुडियोमा

काठमाडौं । निर्माता तथा अभिनेता गणेश बेल्बासेले अब चलचित्र निर्देशनमा हात हालेका छन् । उनले निर्देशन गर्न लागेको ‘प्रेम रक्षक’ चलचित्रको अहिले धमाधम गीत रेकर्ड भइरहेको छ । यही चलचित्रबाट रविना केसीले नेपाली रजतपटकमा डेब्यू गर्दैछिन् ।

जी फाइभ ग्रुप डी फिल्मस प्रालिको निर्माणमा बन्न लागेको ‘प्रेम रक्षक’ दोस्रो फिल्म हो । यसअघि ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण भएको थियो । सो फिल्ममा बेल्बासेको निर्माण र अभिनय थियो ।

निर्देशक बेलवासेले ‘प्रेम रक्षक’मा तीन जना संगीतकार राखेका छन् । काठमाडौंको सामाखुसीस्थित एमबी रेकर्डिङ स्टुडियोमा संगीतकार विपिन आचार्यले शनिबार आफ्नो भागमा परेका तीन गीत रेकर्ड गराए । फिल्मका निर्देशक गणेश बेलवासेका अनुसार सबै गीत राम्रा बनेका छन् ।

फिल्मको गीतमा आ-आफ्नो प्रकारको मौलिकता रहोस् भनेर तीन जना संगीतकार राखिएको निर्देशक बेल्बासेले बताए । फिल्ममा विपिनका साथै सन्तोष श्रेष्ठ र सपन घिमिरेले पनि संगीत दिएका छन् । श्रेष्ठ र घिमिरेको पनि गीत रेकर्डिङको अन्तिम तयारी भइरहेको छ ।

Rabina-KC
रविना केसी

आचार्यको संगीतमा बनेका गीतमा सिक्किमको गान्तोक घर भएकी गायिका एनी श्रेष्ठ, शरद समिप र विकास कर्णले स्वर दिएका छन् ।

‘प्रेम रक्षक’ चललिचत्रबाट रविना केसीले डेब्यू गर्दैछिन् । धरान घर भएकी रविनाले ‘प्रेम रक्षक’बाट कलायात्रा सुरू गर्न पाएकामा खुसी लागेको बताइन् । ‘प्रेम रक्षक मेरो पहिलो डेब्यू फिल्म हो’, रविनाले भनिन्, ‘मेरो सानैदेखिको नायिका बन्ने रहर र अभियन गर्ने चाहना पूरा हुँदैछ ।’

‘प्रेम रक्षक’ भदौ १५ गतेदेखि सुटिङ सुरु हुने निर्देशक बेल्बासेले जानकारी दिए । फिल्मको अधिकांश छायाङ्कन तनहुँ जिल्लाको बन्दिपुरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment