Comments Add Comment

नेविसंघलाई डा. महतको सुझाव- नेताको चाकडी छाड, प्रतिस्पर्धीको विश्वास जित

१२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेतृत्वमा पुग्न पार्टीका नेताहरुको चाकडी गर्ने प्रवृत्ति त्याग्न नेविसंघका नेता-कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । चाकडी गरेर नेतृत्वमा पुग्नेले संगठन चलाउन नसक्ने उनले बताए ।

Ramsharan-Mahat
फाइल तस्वीर

नेविसंघ नेता शुभराम बस्नेतले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस नेता डा. महतले नीतिगत विषयमा सुझाव लिनेबाहेक अन्य विषयमा विद्यार्थी नेताहरुले पार्टी नेताहरुको चाकडी गर्न नहुने बताए । उनले पार्टी नेताहरुकहाँ धाउनुको साटो आपसी सम्बन्ध सुधार गरेर प्रतिस्पर्धी विद्यार्थीको समेत विश्वास आर्जन गर्न विद्यार्थी नेताहरुलाई सुझाव दिए ।

कार्यक्रममा डा. प्रकाशशरण महतले विद्यार्थी नेताहरुमा नेतृत्वको क्षमता विकास गर्न संगठनको महाधिवेशन नियमित रुपमा हुनुपर्ने बताए । आफू २३ वर्षकै उमेरमा नेविसंघको महामन्त्री भएको स्मरण गर्दै उनले समयमा महाधिवेशन नहुँदा ४० वर्ष उमेर पुगेका विद्यार्थीहरु पनि महामन्त्रीका लागि हानथाप गर्नुपर्ने अवस्थामा रहेको टिप्पणी गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकलपति प्रा. डा. तिर्थ खनियाँले विद्यार्थी संगठनहरु राजनीतिक गतिविधिमा भन्दा शैक्षिक सुधार र अन्य सामाजिक काममा परिचालन हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment