Comments Add Comment

नयाँ शक्तिमा अध्यक्षसहित कार्यसमितिका सबै सदस्य साधारण सदस्यबाट चुनिनुपर्ने

पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्दै विधान पारित

Naya-Shakti-Meeting

१२ असार, काठमाडौं । नयाँ शक्ति नेपालले पार्टीभित्र अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सम्पूर्ण पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रत्यक्ष निर्वाचन प्रणालीसहितको विधान पारित गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबारबाट जारी केन्द्रीय परिषद सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीको पहिलो राष्ट्रिय भेलाबाट बनेको कार्यदलले गरेको गृहकार्यको आधारमा यसअघि संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेलले प्रस्तुत गरेको विधानमाथिको छलफलपछि केन्द्रीय अध्यक्षलगायत सबै तहका पदाधिकारी र सदस्यहरु सम्पूर्ण साधारण सदस्यबाट निर्वाचित हुनुपर्ने प्रणालीसहितको विधान पारित गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

‘नयाँ शक्तिको आधार तत्व’नामक राजनीतिक दस्तावेज र ‘विकास र आर्थिक समृद्धिको खाका’ समेतका दस्तावेजहरु कार्यदलले परिमार्जन गरेअनुसार पारित गर्ने, सोकानिम्ति निरन्तर सुझाव संकलन गर्ने र महाधिवेशनसम्म परिमार्जन गर्ने समेत निर्णय देवकोटाले बताउनुभयो ।

बैठक सोमबार दिउँसो १२ बस्ने पुनः बस्नेछ । सोमबार कार्य विभाजन र तत्कालीन कार्ययोजनालाई छलफलमार्फत पारित गर्दै बैठक समापन गरिने प्रवक्ता देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment