Comments Add Comment

गजल

किन रुवाउँछौ कोही कसैको अधर भगवान !

नबिग्रियोस् नभत्कियोस् कसैको घर भगवान !

Premraj-Mishraकोही पुज्छन् आफैंलाई कोही ढुंगाको मूर्ति

म पुज्छु मानवता पीपल र बर भगवान !

हत्या हिंसा कपट जालझेल र स्वार्थ अनेकौं

छैन अछुतो कहिं पनि गाउँ शहर भगवान !

पुर्नै नसकिने नपुरी नहुने झन् बढ्दैछ खाडल

धनी गरीब जातपात किन यो अन्तर भगवान !

जो छन् निरीह निमूखा सदा सत्यका पूजारी

तिनैमाथि पर्छ चट्याङ शीतलहर भगवान !

स्थिर भै बस्छौ कति फूटालिँदा नि घनले शिर

किन लिन्नौ दुष्टहरूसँग टक्कर भगवान !

नौलो सृष्टि सृजना गर पुरानो वदर भगवान !

छैन त्यस्तो कुनै शक्ति जादु मन्तर भगवान !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment