Comments Add Comment

चीनमा बस दुर्घटना, ३५ को मृत्यु

१२ असार, बेइजिङ । चीनको हुनान प्रान्तको इझाङ इलाकामा आइतबार बस दुर्घटना हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । बसमा सवार ११ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

Chin-a-road-Accidentतीव्र रुपमा गुडिरहेको गाडी सडक छेउको सिमेन्टबाट निर्मित पर्खालमा ठोक्किदा बसबाट निस्किएको इन्धनमा आगलागी भएको थियो । अधिकांश मानिसले बसभित्रै जलेर ज्यान गुमाएका समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हुवाङ नाम बताउने एक घाइतेले आफू बसमा राखिएको अग्निनियन्त्रक यन्त्रद्वारा बसको झ्याल फुटाइ बाहिर निस्कन सफल भएको बताएका छन् ।

मृतकमध्ये दुई जना नाबालक रहेका र घाइते ११ जना मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बस र चालक प्रहरी नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान सुरु गरिएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार चीनमा हरेक वर्ष दुई लाख ५० हजार मानिसले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment