Comments Add Comment

भूकम्पपीडितको कोटामा विदेश पठाइदिन्छु भन्दै ठग्ने पूर्वजिशिअ पक्राउ

१२ असार, काठमाडौं । भूकम्प पीडितको कोटामा विदेश पठाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट झण्डै साढे २४ लाख रुपैयाँ लिएर ठगेको भन्दै प्रहरीले एक जना पूर्व जिल्ला शिक्षा अधिकारीलाई पक्राउ गरेको छ ।

Punya-Prasad-Dangal-arrestedसिन्धुपाल्चोकको सानोसिरुवारी गाविस-६ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका मण्डिखाटार बस्दै आएका ७५ वर्षीय पुण्यप्रसाद दंगाललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनले कास्की र रुपन्देहीमा जिल्ला शिक्षा अधिकारीका रुपमा ५ बर्ष काम गरी अवकाश पाएका थिए । जोतिषी सिद्धान्तमा पिएचडी तथा एमएससी र एमएडसम्मको औपचारिक शिक्षा पनि लिएका उनले संस्कृत र फलितमा आचार्य उत्तीर्ण गरेका छन् ।

दंगालले जापान, क्यानडा, अमेरिका लगायतका मुलुकहरुमा भूकम्प पीडित कोटामा पठाई दिनको लागि विषेश कोटा आएको छ भनि विभिन्न प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट ठूलो मात्रामा रकम लिई ठगी गरेको प्रहरीमा उजुरी परेको थियो ।

पीडितहरुको उजुरीको आधारमा नेपाल प्रहरीको अपराध महाशाखाबाट खटिएको विषेश टोलीले दंगाललाई थानकोटको अरविन्द्र योग आश्रमबाट आइतबार अपरान्ह पक्राउ गरेको हो । उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

उनी सशस्त्र द्वन्द्वकालमा विस्थापित भई अमेरिकामा ४ बर्ष बसी अमेरिका, जापान, क्यानाडामा सम्पर्क स्थापीत गर्न सफल भएका थिए । सोही सम्पर्कको आधारमा निजले ७ जनालाई अमेरिका पठाइसकेको बुझिन आएको प्रहरीले जनाएको छ ।

उनका अमेरिका, जापान, क्यानाडामा एजेन्ट रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनले विजय भण्डारीबाट ४ लाख २५ हजार, मोहिनी ताल्चा महतबाट ५ लाख, सगुन मानन्धरबाट २ लाख, छिरीङ तामाङबाट १ लाख, रामबहादुर तामाङबाट १ लाख, खुदनाथ घोडासैनीबाट ४ लाख ४० हजार, विकाश तामाङबाट ३ लाख, सितामाया तामाङबाट ३ लाख ४५ हजार गरी जम्मा २४ लाख ३० हजार रुपैयाँ लिएको देखिएको प्रहरीले जनाएको छ ।

उनले अमेरिकाको लागि १६ लाख, क्यानाडाको लागि १२ लाख र जापानको लागि १० लाख लिने गरेका थिए । उनले धेरै व्यक्तिहरुलाई यसरी ठगी गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment