Comments Add Comment

हजार्डको प्रेरणामा वेल्जियम क्वार्टरफाइनलमा, वेल्सको सामना गर्ने

Belgium

काठमाडौं । इडेन हजार्डको प्रेरणामा बेल्जियमले हंगेरीमाथि शानदार जित हात पारेको छ । र, युरोकप २०१६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

सोमबार विहान भएको खेलमा बेल्जियमले हंगेरीमाथि ४-० को फराकिलो जित हात पारेको हो ।

बेल्जियमका विंगर हजार्डले उत्कृष्ट गोल गरे । मध्यभागबाट पाएको पासमा उनले हंगेरीका दुई खेलाडीलाई छक्याए र उनीहरुकै बीचमा निकै सुन्दर गोल गरेका थिए ।

उसले खेलमा अग्रता भने १० औं मिनेटमा नै टोबी अल्डिवेरोल्डको गोलबाट लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफको अन्ततिर मात्र सम्भव भएको थियो ।

७८ औं मिनेटमा मिची बाट्सुयीले बेल्जियमको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि नै हजार्डले शानदार गोल गरे । खेलको अन्तिम मिनेटमा यानिक करासिओले गोल गर्दै बेल्जियमलाई ४-० को जित दिलाए ।

अब बेल्जियमले सेमिफाइनलमा पुग्न वेल्सको सामना गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment