Comments Add Comment

सिंहदरवारभित्रैको निर्माणमा अनियमितता

१३ असार, काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै निर्माणमा अनियमितता हुने गरेको पाइएको छ ।

Simhadurbarसंसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनले सिंहदरबारकै निर्माणमा गैरजिम्मेवारिपना र अनियमितता हुने गरेेको औँल्याएको हो ।

सांसद विकास लम्सालको संयोजकत्वमा गठन भएको उपसमितिले सिंहदरबारभित्रको सडक, भवन, नाली निर्माण तथा मर्मतलगायतका कार्यमा गैरजिम्मेवारीपन र अनियमितता भएको ठहरसहितको प्रतिवेदन बनाएको आजको राजधानी दैनिकमा समाचार छ ।

काहाँ-कहाँ र कसरी अनियमितता भयो भन्ने स्पष्टसँग उल्लेख नगरिए पनि स्थलगत निरीक्षणका क्रममा सम्झौताअनुसारको काम पूरा नगरिएको, मापदण्डविपरीत कार्य गरेको, सरकारी निकायबीच समन्वय नभएको, काम अलपत्र छोडेकोलगायत अनियमितता उल्लेख भएको छ ।

यो प्रतिवेदनसँगै सिंहदरबारभित्रकै निर्माणमा त उचितरुपमा काम हुँदैन भने दूरदराजको अवस्था के होला भन्ने गम्भिर प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment