Comments Add Comment

एक सातादेखि गाउँबाटै खोलो

१३ असार, काठमाडौं । अविरल वर्षासँगै बाढी आएपछि मोरङको मधुमल्लामा बाँध फुटाएर बस्ती पसेको नुनसरी बक्राह खोलालाई पुरानो धारमा फर्काउन नसक्दा सयौंघर परिवार जोखिमपूर्ण अवस्थामा छन् ।

jhapa-mechi-river-tardai
फाइल फोटो

असार ७ गते बिहान ३ बजे बाँध फुटाएर बस्ती पसको खोलो मधुमल्ला ४ को धप्परटोल र ५ को बेतेनीबाट बगिरहेको छ ।

स्थानीय सन्तोश गौतमका अनुसार पश्चिमतर्फको बाँध फुटाएर मधुमल्ला ४ को धपरटोलमा पसेर गाउँबाट बग्न थालेको खोलो डेढ किलोमिटर तल पुगेपछि मात्र पुरानो धारमा पुगेको आजको अन्नपूर्णमा समाचार छ ।

फेरि पाँच सय मिटर तल मभुमल्ला ५ को बेनेतीको पश्चिमपट्टीबाट खोला बाँध फोडर गाउँ पसको गौतमले बताए । बेतेनीमा लगभग डेढ किलोमिटर गाउँ हुँदै खोलो बगेको हो ।

खोलाको कारण जोखिम बढेपछि विस्थापित बनेका मधुमल्लाका स्थानीय अझै घर र्फकन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment