Comments Add Comment

साढे पाँच लाख परिवारमध्ये ६ हजारले मात्र पाए ५० हजार अनुदान

earthqueak_victim_barpak१३ असार, काठमाडौं । बर्खाअघि नै भूकम्पपीडितको बसोबासको व्यवस्था गर्ने सरकारको घोषणा अलपत्र छ । हजारौँ पीडित अहिले पनि मुसलधारे पानीमा पालमुनि नै ओत लाग्न बाध्य छन् ।

१२ वैशाखबाट अनुदान सम्झौता तीव्र पार्ने र जेठभित्र भूकम्पपीडितको घर निर्माण गरिसक्ने घोषणा गरेको थियो । तर, पीडितले घर निर्माणका लागि सरकारबाट पाउने दुई लाख रुपैयाँसमेत पाएका छैनन् ।

 राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार १२ असारसम्ममा पाँच हजार आठ सय ४१ पीडित परिवारले मात्रै अनुदानबापतको ५० हजार पाएका छन् अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

हालसम्म २४ करोड ५९ लाख ५० अनुदान रकम बाँडिएको छ । दोलखा लापिलाङ–७ का बिनकुमार थामीले यो बर्खा पनि पालमुनि नै बिताउनुपर्ने अवस्था आएको बताए । ‘अनुदान दिने भनेको रकम पाइएको छैन, बर्खा लागिसक्यो, दैनिक झरीले रुज्नुपर्ने अवस्था छ,’ उनले भने ।

 पुनर्निर्माण प्राधिकरणले १२ असारसम्म प्रभावित ११ जिल्लाका एक लाख ५१ हजार एक सय ६४ घरधनीसँग मात्रै अनुदान सम्झौता गरेको छ । पाँच लाख ३३ हजार चार सय ५४ परिवार अनुदान सम्झौताका लागि योग्य रहेको ठहर पुनर्निर्माण प्राधिकरणले गरेको छ । अझै तीन लाख ८२ हजार दुई सय ९० पीडित परिवारसँग अनुदान सम्झौता हुन बाँकी छ ।

एक लाख ७१ हजार ६ सय ७७ घरधनीलाई पहिलो किस्ताको अनुदान रकम बैंकमार्फत वितरण गर्न क्षेत्रगत विभाजन गरी बैंकका शाखाहरू तोकिएका छन्

 आवश्यकताअनुसार जिल्ला तहमा छलफल र समन्वय गरी परिस्कृत गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ । बाँकीका लागि क्षेत्रगत विभाजन गरी बैंकहरूको शाखा तोकी एक हप्ताभित्र प्रतिवेदन प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाउन जिल्ला समन्वय उपसमितिलाई निर्देशन दिइएको छ राहतस्वरूप पाँच अर्ब बाँडियो भूकम्पपछि सरकारले राहतस्वरूप पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम बाँडिसकेको जनाएको छ । ६५ अर्ब रुपैयाँ भने बाँड्ने चरणमा छ ।

तर, भूकम्पपीडितका पीडा भने ज्युँका त्युँ छन् । पीडित अझै छाप्रोमै बस्न बाध्य छन् ।

भूकम्पबाट उपत्यकामा मात्रै ७३ हजार तीन सय १७ घर ध्वस्त बने । तीन लाख ४४ हजार पाँच सय ९० जना प्रभावित बने । उपत्यकामा अहिलेसम्म पुनर्संरचनाको सुरु नै भएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीका अनुसार जनतालाई राहत दिने काम गरिए पनि पुनर्निर्माणको काम भने ठप्प छ । अहिलेसम्म लागत संकलनको कामसमेत हुन सकेको छैन ।

सरकारी तथ्यांकअनुसार भूकम्पले पुरातत्त्व महत्त्वका सात सय २१ संरचना ध्वस्त बने । दुई हजार ६ सय ७३ वटा सरकारी भवन पूर्ण रूपमा र तीन हजार सात ५७ सरकारी भवन आंशिक रूपमा ध्वस्त भए ।

पाँच लाख दुई हजार दुई सय ५७ निजी भवन पूर्ण रूपमा र दुई लाख ८५ हजार ९९ सय निजी भवन आंशिक रूपमा ध्वस्त बने । यस्तै, तीन सय ९२ वटा स्वास्थ्य प्रदायक संस्था पूर्ण रूपमा ध्वस्त भए । ६ वटा अस्पताल, १२ वटा प्राइमेरी हेल्थ केयर, तीन सय ७४ हेन्थपोस्ट र एक सय ३० बर्थ सेन्टर पूर्ण रूपमा ध्वस्त बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment