Comments Add Comment

एएनएले सबैसँग सहकार्य गर्नुपर्ने पूर्व अध्यक्षहरूको सुझाव

ana conventionअमेरिका । आगामी  अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहान्तमा हुन् गइ रहेको एएनए सम्मेलनका बारेमा एएनएका पूर्व अध्यक्षहरुले एएनएका पदाधिकारी ,शुभ चिन्तक तथा अमेरिकाका नेपाली समुदायलाई केहि संदेश दिनुको साथै आ-आफ्ना धारणा राखेका छन् l
 
आगामी जुलाई १ देखि ४ सम्म  एटलान्टामा एएनए (दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका)को सम्मेलन हुदैछ l अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित ईनेप्लिजले सम्पर्क हुन् सकेका केहि अध्यक्षहरुसंग सहभागिता सम्बन्धि तथा संदेशको लागि आग्रह गर्दै राखेको जिज्ञाशामा पूर्व अध्यक्षहरुको संक्षेपमा आफ्ना भनाई ,विचार तथा संदेश संकलन गर्ने जमर्को गरेको छ l  पूर्व अध्यक्षहरुको भनाई जस्ताको तस्तै :
 
डा श्याम कार्की (पूर्व अध्यक्ष )  डा कार्की भन्छन आफ्नो घर परिवारको बिशेष कामले गर्दा सम्मेलनमा आफु सहभागी हुन् नपाउँदा दुख लागेको बताए l डा कार्कीले आफु नगएता पनि अमेरिकाको सबै भन्दा पुरानो संस्था भएकोले संस्था अझ मजबुत हुन् सकोस र सबै मिलेर यसलाई पहिलेको अवस्थामा ल्याउन आग्रह समेत गरेका छन् l केहि बर्ष अलमलिएता पनि अब पछाडी हेर्न नहुने बताउदै सम्मेलनको शुभकामना यसै मार्फत दिएका छन् l
 
अमर गिरि (पूर्व अध्यक्ष ) : पूर्व अध्यक्ष अमर गिरिले आफ्नो स्वास्थ्य त्यति राम्रो अवस्था नभएकोले यस पटक सम्मेलनमा सहभागी हुन् नसक्ने बताईन l आफु सहभागी न भएता पनि अन्यलाई केहि संदेश दिन चाहनु हुन्छ भन्ने सवालमा गिरि भन्छिन ,सम्मेलनको सफलताको कामना गरिन l संस्थाको प्रगति देख्न चाहेको बताउदै एक आपसमा द्वेष ,ईर्ष्या तथा मन मुटाब नहोस भन्दै जुन उदेस्यले संस्था जन्मिएको हो त्यस तर्फ उन्मुख हुन् सकोस भन्ने विचार राखिन l पूर्व अध्यक्ष गिरिले सबै नेपाली समुदायलाई सहभागी हुन् समेत अनुरोध यसै मार्फत गरेकी छिन् l
 
प्रमोद शर्मा ( पूर्व अध्यक्ष ) : शर्माले पनि बिसेष कारणले सहभागी हुन् न पाउने बताए l शर्माले स्पष्टसंग कुरा राख्दै स्थापना कालमा  संस्थाको भूमिका अर्को थियो l संस्थाहरु अति कम थिए ,अब धेरै संस्थाहरु जन्मिएको कुरा उल्लेख कुरा गर्दै अब पहिलेको जस्तो अवस्था हुदैन भने l 
 
अब एएनएनले अमेरिकी सरकारका राज्य स्तरका बिभाग ,गैर आवासीय नेपाली संघ तथा सरकार संग काम गर्ने वातावारण सिर्जना गर्नु पर्ने बताए  ।  शर्माले अगाडी भने अब क्षेत्रीय स्तरका संघ तथा संस्था संग समन्वय गरि सौहार्दपूर्ण वातावरणमा काम गर्ने र समाज सेवा गर्न तर्फ लाग्नु पर्ने बताए l
 
एएनएन प्रजातान्त्रिक हुनु पर्छ l अमेरिकामा रहेका नेपाली समुदायले समेत आफ्नो आवाज पुग्न सकोस भन्ने वातावरण बन्नु पर्ने बताए l स्वामित्व दिन सक्ने अवस्थाको भए पछि मानिसले काम गर्ने भएकोले त्यो वातावरण अब चाहिने बताए l एएनए मा सबैको आवाज पुग्नु पर्यो भन्दै सम्मेलनको सफलताको कामना गरे l बर्तमान कार्यसमितिले राम्रो काम तर्फ लागेकोमा हर्ष लागेको बताए l
 
कमल पाठक ( पूर्व अध्यक्ष ) ,पुर्व अध्यक्ष पाठकले पनि जान नसक्ने बताए l आफु सहभागी नभएता पनि केहि संदेश छ भनि राखेको जिज्ञासामा पाठकले सफलताको शुभकामना दिदै वर्तमान कार्यकारी समितिलाई धन्यबाद दिएका छन् l
 
र पाठकले जुन लक्ष्य अनुसार संस्थाको जन्म भएको हो त्यहि अनुसार अगाडी बढ्न सकोस भनि संस्थाको उत्तर उत्तर प्रगतीको कामना गरेका छन l
 
पाठकले पहिला संस्थाले नेपाली समुदायलाई निकै सहयोग र सहायता गर्ने गरेको चर्चा गर्दै सम्मेलनमा केवल सांस्कृतिक कार्यक्रम आदी ईत्यादी ल्याएर मात्र नहुने बताए l 
 
नबिन दत्त (पुर्व अध्यक्ष ) दत्तले सर्ब प्रथम अध्यक्ष अधिकारी तथा कार्यकारी समितिलाई बिशेष धन्यबाद दिदै सम्मेलनको पूर्ण सफलताको लागि कामना गरेका छन् l
 
पूर्व अध्यक्षले अहिले संस्थालाई मुख्य मार्गमा ल्याउन सकेकोमा हर्ष व्यक्त गर्दै आफु सहभागिता हुन् नसक्ने बताए l आफु नगएता पनि केहि संदेश दिन चाहनु हुन्छ भन्ने सवालमा दत्त भन्छन यस संस्थाका सबै शुभ चिन्तकलाई यसै मार्फत सम्मेलनमा सहभागिता जनाउन आग्रह समेत गरेका छन l दत्तले एएनएन ईतिहास बोकेको पुरानो संस्था भएकोले बिगतमा धेरै उपलब्धि मुलुक काम गरेको छ l यो  संस्था हामि सबैको भएकोले यसले अझ राम्रो काम गर्न सकोस भनि प्रगतिको कामना गरेका छन् l
 
पुर्व अध्यक्षहरुको सन्देशको साथमा एएनएका वर्तमान अध्यक्ष रोजर अधिकारीले पनि आफ्नो संदेश दिदै अमेरिकामा रहेका नेपाली समुदायलाई आगामी जुलाई १ देखि ४ सम्म हुने सम्मेलनको लागि चुलो निम्तो दिदै सम्मेलनमा सहभागि हुन् समेत अनुरोध गरेका छन् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment