Comments Add Comment

अर्जेन्टिना फेरि पेनाल्टीमा चुक्यो, चिलीद्वारा उपाधि रक्षा

copa_chili१३ असार, काठमाडौं । अर्जेन्टिनालाई फेरि टाइब्रेकरमा पराजित गर्दै चिलीले कोपा अमेरिकाको उपाधि रक्षा गरेको छ ।

सोमबार विहान भएको फाइनल खेलको निर्धारित ९० मिनेटमा र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकियो । र, खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।

जसमा ४-२ को जित हात पार्दै चिलीले समूह चरणको पहिलो खेलमा व्यहोरेको हारको मिठो बदला लिएको छ । साथै अर्जेन्टिनाले नै सन् १९४६ र १९४७ मा लगातार उपाधि जितेर बनाएको रेकर्डसँग बराबरी गरेको छ ।

Chileअर्जेन्टिनाका गोलकिपरले चिलीका भिडालको प्रहार रोके । लगतै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको पेनाल्टी आकासियो ।

चौथो पेनाल्टीमा चिलीका गोलकिपर ब्राभोले बिगलिआको प्रहार रोके भने । उसका सिल्भाले गोल गर्दै ४-२ को जित दिलाए ।

यसअघि निर्धारित समयको खेलको चिली २८ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । उसका मार्सेलो डियाजले रोतो कार्ड पाए । तर, पहिलो हाफको अन्त्यतिर अर्जेन्टिना पनि १० खेलाडीमा सिमित हुनपुग्यो । उसका रोजोले रातो कार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment