Comments Add Comment

स्मार्टफोनको ब्याट्री लाइफ बढाउने केही टिप्स

smart phoneस्मार्टफोन प्रयोगकर्ताहरुको लागि सबैभन्दा ठूलो तनावको कारण नै यसको ब्याट्री चार्ज छिटै रित्तिनु हुन्छ ।

कहिलेकाहीँ यस्तो बेलामा मोबाइलको चार्ज सकिन्छ जब हामीलाई मोबाइल निकै आवश्यक हुन्छ । त्यसैले चार्जर र पावर बैंक समेत सँगै लिएर हिँड्नु बाध्यता हुन्छ । चार्जर र पावर बैंक बोक्नु मोबाइलको ब्याट्रीको चार्ज छिटो रित्तिने समस्याकेा समाधान होइन ।

तरपनि यो समस्याको समाधानको कोसिस निकै कमले गर्दछन् । यदि केही काइदा अपनाउने हो भने एन्ड्रोइड स्मार्टफोनकेा ब्याट्रीको चार्ज लामो समयसम्म टिकाउन सकिन्छ । जसमध्ये ५ कायदा यस्ता छन्ः

१. स्मार्टफोनको ब्याट्रीको चार्ज धेरै नरित्ताउनुहोस् । जब प्रयोग गर्दै जाँदा ब्याट्रीको चार्ज ४० प्रतिशतमा र्झदछ तब रिचार्ज गर्नुहोस् । तर हरेक तिन महिनामा भने मोबाइलको ब्याट्री चार्जलाई पूरै रित्याउनुहोस् र मात्र रिचार्ज गर्नुहोस् । यसो गर्दा ब्याट्रीको चार्जिङ क्षमता बढ्ने ब्याट्री युनिभर्सिटी ब्लगमा दाबी गरिएको छ ।

२. मोबाइलको कल घण्टी खुला गर्नुहोस् । भाइब्रेसन एक्टिभेट गर्दा त्यसले ब्याट्रीकेा चार्ज बढि खपत गर्दछ ।

३. तपाइँको स्मार्टफोनमा कुन एपले बढि ब्याट्री खपत गरिरहेको छ थाहा पाउनुहास् । यदि उक्त एप खासै कामको छैन भने अनस्टल गर्नु जाति हुन्छ । कुन एपले बढि ब्याट्री खपत गरेको छ जान्नका लागि स्मार्टफोनको Setting मा गएर Device र त्यसपछिBattery अप्सनमा जानुहोस । वा Setting मा गई Power र त्यसपछि Battery Use मा गएर पनि चेक गर्न सक्नुहुन्छ ।

४. यदि मोबाइलको नेटवर्क सिग्नल कम छ र स्मार्टफोनले लगातार नेटवर्क सर्च गरिरहनुपर्छ भने त्यसबेला निकै धेरै ब्याट्री खपत हुन्छ । त्यसैले खासगरी यात्राका दौरान यस्तो हुने भएकाले मोबाइलमा एयरप्लेन मोड एक्टिभेट गर्नुहोस् जसका कारण स्मार्टफोनले नेटवर्क खोज्नमा उर्जा खर्च गर्नुपर्दैन । मोबाइल नेटवर्क कम भएको बेला डाटा भन्दा वाइफाइको प्रयोग गर्दा ब्याट्री बढि खप्दछ ।

५. होमस्क्रिनबाट अनावश्यक एप हटाउनुहोस् । धेरै एन्ड्रोइड एपहरुलाई होमस्त्रिmनमा राखिन्छ । स्मार्टफोनको स्त्रिmन अनलक गर्नेबित्तिकै त्यस्ता एपहरु सिधै प्रयोग गर्न सकियोस् भन्नका लागि यसो गरिन्छ ।

तर यसरी होमस्क्रिनमा राखिएका एपहरु लगातार अपडेट हुने भएकाले बढि डाटा तथा ब्याट्री खपत गर्दछन् । त्यसैले होमस्क्रिनबाट त्यस्ता एपको विज्याट हटाउनुहोस् । त्यसका लागि उक्त एपको आइकनमा थिच्नुहोस् । त्यहाँ ट्रयास आइकन देखा पर्दछ । एपको विज्याटलाई ड्रयाग गरी सोही ट्रयासमा लगेर हाल्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment