Comments Add Comment

सबै कुरा विर्सिएर मिले रोहित र अजय, बन्ने भयो ‘गोलमाल ४’

ajaya and rohit in golmal 4
बलिउडमा नायक अजय देवगण र निर्देशक रोहित सेट्टीको जोडी सफल मानिन्छ । अजय र रोहितले मिलेर काम गरेका चलचित्रले बक्स अफिसमा तहल्का नै मच्चाएका छन् । तर, केहि बर्षदेखि यो जोडीविच असहमति बढेको थियो ।

रोहितले अजयलाई छाडेर नायक साहरुख खानलाई लिएर २ चलचित्र निर्माण गरे । यसपछि यी दुइको सम्बन्ध विगि्रएको चर्चा चलेको थियो ।

तर, अब सबै असहमति विर्सिएर रोहित र अजय एक भएका छन् । अब, यी दुई चलचित्र ‘गोलमाल ४’मा काम गर्न तयार भएका छन् । रोहित र अजय लामो समयदेखि भेट्न खोजिरहेका थिए । तर, दुबैको कार्यव्यस्तताका कारण यी दुइको भेटघाट भएको थिएन । तर, अजयले रोहितलाई आफै फोन गरेर उनको घरमा बोलाएको भारतीय मिडियाको दाबी छ ।

रोहितसँग अजयले आफूले सुनेको बिषयमा कुरा गरेका थिए । रोहितले पनि अजय र उनका विचमा बजारमा चलेका हल्लालाई स्पष्ट पारेका थिए । अब, यी दुई मिलेर ‘गोलमाल ४’मा काम गर्नेछन् । यो चलचित्रको अघिल्ला ३ सिक्वेल सुपरहिट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment