Comments Add Comment

बौद्ध धर्मको किताबभित्र ३५ किलो चरेस ! युरोप पठाउन खोज्दा २ पक्राऊ

१३ असार, काठमाडौं । बाैद्ध धर्मसम्बन्धि कितावको कभरमा लुकाएर भारत हुँदै युरोप निकासी गर्न लागिएको ३५ किलो चरेससहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

arrested
फाइल तस्वीर

करिब १ महिनाको अनुसन्धानपछि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले घादिङका साइमन तामाङ र धनबहादुर तामाङलाई पक्राउ गरेको हो ।

बिशेष सुराकीको आधारमा उनीहरु काठमाडौंको कपनबाट पक्राउ परेका हुन् ।

उनीहरुले बौद्ध धर्मसँग सम्बन्धित कितावको कभरमा टाँसेर ३५ किलो अबैध लागूऔषध चरेस निकासी गर्ने तयारीमा रहेको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment