Comments Add Comment

भारत बन्यो परमाणु प्रविधि निर्यातकर्ता देश, मिसाइलमा सुपरपावर बन्ने दाबी

India-Flag

१३ असार, नयाँदिल्ली । भारतले सोमबार मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजीम (एमटीसीआर)को सदस्यता पाएको छ । गत वर्ष मात्रै भारतले एमटीसीआरको सदस्यता पाउनका लागि निवेदन दिएको थियो ।

परमाणु आपूर्तिकर्ता देशको समूह (एनएसजी)मा शामेल हुने प्रयास असफल भए पनि एमटीसीआरको सदस्यता पाउनुलाई झनै राम्रो भन्दै भारतीयहरुले प्रचार गरेका छन् ।

एमटिसिआर के हो ?

एमटीसीआर विश्वभरका चार महत्वपूर्ण परमाणु टेक्नोलोजी निर्यात गर्ने ठूला र शक्तिशाली देशहरुको समूह हो । यसको स्थापना सन् १९८७ मा भएको थियो ।

एमटीसीआरमा ३४ प्रमुख मिसाइल निर्माता देश सदस्य छन् । फ्रान्स, जर्मनी, जापान, ब्रिटेन, अमेरिका, इटली र क्यानडा यस संस्थाको संस्थापक सदस्य हुन् ।

बुल्गेरिया सन् २००४ मा यसको सदस्य बनेको थियो । त्यसपछि कुनै पनि देशले सदस्यता पाएका थिएनन् । अब भारत यस समूहको ३५ औं सदस्य बनेको छ ।

फ्रान्सको राजधानी पेरिसमा भएको एमटीसीआरको बैठकले भारतलाई सदस्यता दिने निर्णय गरेको थियो । भारतीय विदेश सचिव एस जयशंकरले सोमबार नयाँदिल्लीमा फ्रान्स, नेदरल्याण्ड र लक्जेम्वर्गका राजदूतहरुको उपस्थितिमा एमटीसीआरको सदस्यता प्राप्ती सम्बन्धी दस्तावेजहरुमा हस्ताक्षर गरेका छन् ।

चीन र पाकिस्तानलाई धक्का !

सदस्यता प्राप्तीसँगै अब भारतलाई मिसाइल प्रमुख उत्पादक देशहरुबाट अत्याधुनिक प्रविधि र अनुगमन सिस्टम खरिद गर्न मद्दत मिल्नेछ । यी प्रविधि र सिस्टमहरु केबल एमटीसीआरको सदस्यता पाएका देशहरुले मात्रै खरिद गर्न पाउँछन् ।

India_Become_MTCR_Member

एमटीसीआरको सदस्य बनेपछि भारत मिसाइलको मामलामा सुपर पावर बन्ने दाबी भारतीय वैज्ञानिकहरुले गरेका छन् । भारतका प्रतिस्पर्धी छिमेकी देशहरु चीन र पाकिस्तानले समेत यस विशेष समूहको सदस्यता पाएका छैनन् ।

 भारतलाई एमटीसीआर र एनएसजीको सदस्यता दिनु हुँदैन भन्ने पक्षमा चीन र पाकिस्तान थिए ।

अब भारतलाई अमेरिकाबाट ड्रोन प्रविधि खरिद गर्न सरल हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् साथै मिसाइल टेक्नोलोजी पनि निर्यात गर्न भारतले सक्नेछ ।

एमटीसीआरको सदस्यता प्राप्तीले हेग आचार संहितामा शामेल हुने भारतको दाबी पनि थप बलियो बनेको छ । यो आचार संहिताले ब्यालेस्टिक मिसाइल अप्रसार सन्धीलाई निगरानी गर्दछ । यसका साथै रूससँग भारतको साझेदारीमा पनि बल मिल्नेछ ।

ठूला विनास रोक्ने उद्देश्य

एमटीसीआरमा शामेल भएपछि भारतले अन्य दुई समूह अस्ट्रेलियन ग्रुप र वास्सेनार एग्रीमेन्टमा पनि सहभागी हुने कोशिस गर्नेछ । भारतले एनएसजीमा सामेल हुने कोशिस पनि जारी राख्ने बताएको छ ।

एमटीसीआरको उद्देश्य मिसाइल प्रसारलाई प्रतिवन्धित गर्ने हो । यसका साथै रकेट सिस्टमलाई पूरा गर्ने तथा मानवरहित जहाजमा पाँच सय किलो भारका मिसाइललाई तीन सय किलोमिटर टाढासम्म लैजाने क्षमतावाला प्रविधिको बढावा दिने उद्देश्य पनि यसले लिएको छ ।

ठूला विनाश गर्ने हतियार र प्रविधिमा रोक लगाउने यसको मुख्य उद्देश्य मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment