Comments Add Comment

टिभीएसको ‘प्रोडक्ट ट्रेनिङ प्रोग्राम’ सम्पन्न

TVS
१३ असार, काठमाडौं । शंकर ग्रुपको सहायक कम्पनीको रुपमा स्थापित जगदम्बा मोटर्सले टिभीएस बाइकको ‘प्रोडक्ट ट्रेनिङ प्रोग्राम’ सम्पन्न गरेको छ । जगदम्बा मोटर्स टिभीएस बाइकको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

जगदम्बा मोटर्सले टिभीएसका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनहरु नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले असार ८ र ९ गते आफ्ना उत्पादनहरु ‘टीभीएस एक्सएल-१००’ तथा ‘टिभीएस भिक्टर’ लाई लक्षित गरि दुई दिने ‘प्रडक्ट ट्रेनिङ प्रोग्राम’ सम्पन्न गर्‍यो । आफ्ना आन्तरिक कर्मचारीका लागि लक्षित सो कार्यक्रम चितवनस्थित होटल रेड कार्पेटमा सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित कुल १ सय १० सहभागीले दुई पाङ्ग्रे सवारीसाधनको बारेमा समग्र ज्ञान लिएका थिए । कार्यक्रम यही असार महिनाको ९ र १० गते  आयोजना गरिएको थियो । कार्यशालाका सहभागीहरुलाई टिभीएस मोटर कम्पनीका सहायक व्यवस्थापक एसपी कृष्णाले प्रडक्टको विषयमा तथा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले सेल्समा प्रशिक्षण दिएका थिए ।

हालैमात्र बजारमा ल्याइएको ‘टिभीएस एक्सएल-१००’ ले प्रतिलिटर ६९ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । जसमा ग्यासको सिलिण्डर, पानीको जार, खाद्यान्नका क्रेट लगायतको सजिलैसँग ओसारपसार गर्न सकिन्छ ।

यसैगरी, स्टाइलयुक्त फेमिली बाइकका रुपमा प्रस्तुत गरिएको टिभीएस भिक्टरमा ३ भल्भयुक्त ११० सिसीको इञ्जिन प्रयोग भएको छ । आरामदायी एवम थप फराकिलो सिट सहितको यस भिक्टरमा प्रतिलिटर ७६ किलोमिटरसम्म गुड्ने क्षमता छ ।

जगदम्बा मोटर्सले आफ्नो सेवालाई नेपाल अधिराज्यभर विस्तार गरिसकेको छ । कम्पनीको हाल देशभर ६५ वटा डिलर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment