Comments Add Comment

प्रहरी जवानबाट बृद्धामाथि बलात्कार प्रयास

१३ असार, सोलुखुम्बु । बलात्कारको असफल प्रयासपछि सोलुखुम्बुमा एक प्रहरीले धारिलो हतियार प्रहार गरी ६१ वर्षीया वृद्धालाई घाइते बनाएका छन् ।

Police-Rape
फाइल तस्वीर

वाकु-२ हाँकुला की ६१ वर्षीया बृद्धालाई सदरमुकाम सल्लेरी नजिकै प्रहरी जवान सोम फुयाँलले करणीको प्रयास गरेको र नसकेपछि आक्रमण गरी घाइते बनाएको पीडित पक्षको भनाइ छ ।

ति वृद्धाको निधार र हातमा गहिरो चोट छ । उनको फाप्लु अस्पतालमा उपचार भइरहेको छ ।

फाप्लुबाट सुर्के जाने बाटोको बीचमा आफूलाई प्रहरी जवान फुयाँलले जबरजस्ती करणीको प्रयास गरेको र आफूले प्रतिकार खुर्पाले प्रतिकार गर्न खोज्दा त्यहि खुर्पा खोसेर आक्रमण गरेको घाइते बृद्धाले बताइन् ।

प्रहरी जवान फुयाँललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment