Comments Add Comment

सौगातको तस्बिर राखेर केक बनाउने सोनी, प्रेमिका कि फ्यान मात्र ?

saugat and soni
नायक सौगात मल्ल र मोडेल सोनी केसीको प्रेम चर्चाले नेपाली चलचित्रको गसिप बजारमा रंगिएको धेरै भैसक्यो । सौगात र मोडेल केसीको विचमा अफेयर रहेको चर्चा मिडियामा आएपनि सौगातले भने यो कुरा स्विकार गरेका छैनन् । केहि महिना अगाडि सौगात र सोनीको प्रेमको चर्चा आएपछि ‘लुकामारी’ नायकले खण्डन गरेका थिए ।

सौगातले सोनी आफ्नो प्रेमिका नभई फ्यान भएको बताउँदै आएका थिए । तर, २ दिन अगाडि सोनीले आफ्नो जन्मदिन मनाउँदा सौगातको र आफ्नो फोटो एकसाथ राखेकी छिन् ।

यसले फेरि यी दुई विच ‘दालमा केहि कालो छ’ भन्या जस्तै भएको छ । नायक सौगात मल्ल मिडियामा कमै मात्र बोल्छन् । यसैले पनि उनले आफ्नो प्रेम चर्चालाई गुपचुपमै राखेका छन् ।

तर, सोनीले फेसबुकका स्ट्याटसमा पनि सौगातको प्रशंसा गर्दै प्रेम दर्शाउन छाडेकी छैनन् । साच्चै, यी दुई विच प्रेम हो कि फ्यान क्रेज मात्र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment