Comments Add Comment

५८ अधिकृतलाई गाविस सचिवको रुपमा खटाइयो

भूकम्प पीडितसँग अनुदान सम्झौता तीव्र हुने विश्वास

ministery-of-local-development, Sthaniya Bikas

१३ असार, काठमाडौं । सरकारले भूकम्पबाट प्रभावित १४ जिल्लामा गाविस सचिवको रुपमा काम गर्न ५८ जना अधिकृत खटाएको छ । गाविस सचिवहरु खरदार वा सुब्बा सरह हुन्छन् ।

गाविस सचिवको अभावमा भूकम्पबाट प्रभावित जिल्लाहरुमा पुनर्निर्माण र अनुदान सम्झौताको काममा ढिलाइ भइरहेको बेला स्थानीय विकास मन्त्रालयले एकैपटक ५८ अधिकृतहरु खटाएको हो ।

यसरी खटाइएका ती अधिकृतहरु भर्खरमात्र लोकसेवाबाट उत्तीर्ण भएका हुन् । अधिकृत भएसँगै उनीहरुको यो नै पहिलो जिम्मेवारी हो ।

उनीहरुलाई तीन महिनासम्म गाविस सचिव रहेर काम गर्नेगरी काजमा खटाएको मन्त्रालयका प्रवक्ता पुर्णचन्द्र भट्टराइले जानकारी दिए ।

गाविस सचिवका लागि लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा आएलगत्तै ५८ जना अधिकृतहरुलाई फिर्ता गर्ने र नयाँ गाविस सचिव नियुक्त गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

भूकम्पबाट प्रभावित १४ जिल्लाका ८२ वटा गाविसहरु सचिवबिहीन छन् । गाविस सचिवको अभावमा एउटा सचिवले तीन वटासम्म गाविस हेर्नुपर्ने बाध्यता छ । यसो गर्दा पुनर्निर्माण र अनुदान सम्झौतामा असर परेको मन्त्रालयको बुझाइ छ ।

भूकम्प प्रभावित जिल्लाहरुमा अधिकृतहरुलाई गाविस सचिवको रुपमा खटाइएसँगै पुनर्निर्माणको काम तथा निजी आवास अनुदान सम्झौता तिव्र हुने मन्त्रालयको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment