Comments Add Comment

सामान्य वर्षामा पनि जनकपुर जलमग्न (फोटो फिचर)

वर्षाकै बीच हतारमा सडक ग्राभेल गरिंदै

janakpur (3)

१३ असार, जनकपुरधाम । बजेट सिध्याउन प्रत्येक आर्थिक वर्षको अन्त्यमा गरिने टालटुले विकास जनकपुरका लागि प्रत्युत्पादक बनेको छ । यही टालटुले विकासले गर्दा सामान्य वर्षामा पनि जनकपुर जलमग्न बनेको छ ।

सोमबार विहान सामान्य वर्षा हुँदा जनकपुरको प्रमुख चोेक तथा बजार डुबानमा पर्‍यो । जनकपुर भित्रको सडक तथा नाला जिर्ण रहेका कारण बजार जलमग्न बनेको स्थानीयवासीले बताएका छन् । वर्षाको कारण जनकपुरको प्रमुख बजार क्षेत्र भानु चोक, मिल्स एरिया, कदम चोक, जनकपुर अञ्चल अस्पताल, देवी चोक, जिरोमाइल, विश्वकर्मा चोकसहितका क्षेत्र जलमग्न बनेका छन् ।

Janakpur District Police Office

ढलको उचित निकास नहुँदा वर्षामा पनि नगर क्षेत्रभित्र पानी जम्ने गरेकाले सर्वसाधारणलाई हिंडडुल गर्न समस्या भएको स्थानीय व्यापारी सुजित साहले बताए । नगर जलमग्न हुँदा बजारमा चहलपहल कम भएको छ ।

बजेट सक्न वर्षामा ग्राभेल गरिँदै

एकातिर सामान्य वर्षाले जनकपुरलाई जलमग्न बनाइरहेको छ भने यही वर्षाका बीच बजेट सक्नका लागि टालटुले रुपमा ग्राभेलको काम गरिदैंछ । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईंको निर्देशनमा बिनायोजना ठाउँ-ठाउँमा ग्राभेल राख्ने काम भइरहेको छ ।

Janakpur Zonal Hospital

सडक डिभिजन, हुलाकी सडक आयोजना, सहरी भवन, जिल्ला विकास समिति धनुषा र जनकपुर उपमहानगरपालिकाबाट जनकपुरको भानु चोक, कदम चोक, मिल्स एरिया, विश्वकर्मा चोक लगायतका स्थानमा टालटुले रुपमा ग्राभेल राखिएको छ ।

नगरभित्रको बाटो जिर्ण रहेका कारणले मर्मतका लागि सबै कार्यालयबाट ग्राभेलको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी चापागाईंले बताए ।

यद्यपी उक्त मर्मतमा खर्च गर्ने बजेट सार्वजनिक नहुँदा अनियमितता हुने स्थानीयवासीको आशंका छ । स्थानीय बेचन बैठा भन्छन्, ‘यी सडकहरु प्रत्येक वर्ष असार तथा फागुनमा मर्मत गरिँदै आए पनि बाटोको अवस्था जस्ताको तस्तै हुन्छ ।’

janakpur (4)

janakpur (2)

janakpur (10)

janakpur (8) Krishi Bikas Janakpur

janakpur (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment