Comments Add Comment

मोटरसाइकलको करमा ५ हजारसम्म वृद्धि, तपाईंको सवारीको कति बढ्यो ? (सूची हेर्नुस्)

बढेको सडक दस्तुरले सवारी महंगिने

New Vehicle Tax
१३ असार, काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि वार्षिक सवारी कर वृद्धि गर्दैछ । आर्थिक विधयेक (बजेट) मार्फत घोषणा भएको करवृद्धिको निर्णय साउनदेखि लागू हुनेछ ।

सरकारले भन्सार विन्दुमा नै सडक दस्तुर कर बढाएर सवारी महंगो बनाउँदैछ भने सवारी करमा पनि भारी वृद्धि गर्दैछ । मोटरसाइकल र स्कुटरमा मात्रै एकैपटक ५ हजार रुपैयाँसम्म कर वृद्धि हुँदैछ ।

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि २५१ देखि ४०० सम्म सीसीका मोटरसाइकल धनीसँग वाषिर्क ८ हजार रुपैयाँ कर लगाउनेछ । यसअघि ६ हजार मात्रै तिर्नुपथ्र्यो ।

यस्तै ४ सय १  सीसीभन्दा माथिका सवारी धनीले यसअघि भन्दा ५ हजार रुपैयाँ बढी कर तिर्नुपर्नेछ । यसअघि १ हजार तिर्दै आएका ठूला क्षमताका बाइक चढ्नेले अब सरकारलाई १५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

२५० सीसीसम्मका मोटरसाइकल चढ्नेहरुलाई भने राहत मिल्नेछ । यसपटक साना क्षमताका मोटरसाइकलमा कर बढाएको छैन ।

कार तथा जीपमा कति ?
यसैगरी निजी कार तथा जीप चढ्नेहरुले पनि पहिले भन्दा बढी रकम करका लागि खर्च गर्नुपर्ने विभाग अन्तगतको साना सवारी व्यवस्था कार्यालयका शाखा अधिकृत गणेशकुमार अर्यालले अनलाइखबरलाई बताए ।

उनकाअनुसार १ हजार सीसीसम्मका कार तथा जीपले पहिले भन्दा एक हजार बढी कर तिर्नुपर्नेछ । यसअघि कर १८ हजार रहेकोमा अब १९ हजार रुपैयाँ बनाइएको छ ।

यसैगरी १००१ देखि १५०० सीसीसम्मका कारधनीहरुले पनि एकहजार बढी कर चुक्ता गर्नुपर्नेछ । यअिघ २० हजार रहेको कर अब २१ हजार पुगेको छ । यसैगरी १५०१ देखि २०० सीसीसम्मका कार/जीपले यसअघि २२ हजार कर तिर्दै आएकोमा अब २३ हजार रुपैयाँ तिर्नेछन् ।

२००१ देखि २५ सयसम्मका कारका लागि यसअघि ३० हजार लिइन्थ्यो भने अब ३२ हजार रुपैयाँ लिइनेछ । २५ सयभन्दा माथि र २९ सय सीसीभन्दा मुनिका साना सवारीले ३७ हजार रुपैयाँ कर तिर्नेछन् । यसअघि यो ३५ हजार रुपैयाँ थियो ।

२९००१ सीसीभन्दा माथिका कारहरुलाई वाषिर्क ५३ हजार रुपैयाँ कर तिराइनेछ । यस्ता सवारीसँग ५० हजार रुपैयाँ कर लिइन्थ्यो ।

यसैगरी सरकाले सार्वजनिक सवारीहरुको पनि करको दर बढाएको छ । विभिन्न पव्कारका निजी सवारी साधन र निर्माण उपकरणले वाषिर्क रुपमा तिर्नुपर्ने करमा पनि वृद्धि भएको छ ।

बढेको दस्तुरले सवारी महंगिने
यसैबीच सरकारले भन्सार पास भएका नयाँ सवारीसँग लिने सडक कर दस्तुरमा पनि वृद्धि गरेको छ । यसअघि १२५ सीसीसम्मका बाइक भित्र्याउँदा ७ हजार लाग्ने यो कर अहिले १० हजार रुपैयाँ बनाइएको छ । यसैगरी १२६ देखि २५० सीसीसम्मका मोटरसाइकल भित्र्याउँदा लिइने ८ हजार रुपैयाँलाई अब १२ हजार पुगेको छ ।

यस्तै २५१ देखि ४०० सीसीसम्मका मोटरसाइकलका लागि अब सडक दस्तुर १५ हजार लाग्नेछ । यसअघि १० हजार मात्रै थियो । ४०१ सीसी माथिका मोटरसाइकलका लागि पनि ५ हजार रुपैयाँ दस्तुर बढाएर २० हजार बनाइएको छ ।

यसैगरी सबै निजी प्रयोजनका सवारी भित्र्याउँदा यसअघि बीलबिजक र भन्सार रकमसहितको कुल लागतको ५ प्रतिशतले लिइँदै अएको सडक दस्तुर करलाई अब २ प्रतिशतले वृद्धि गरिएको छ । एकपटक मात्रै तिर्नुपर्ने यस्तो कर ७ प्रतिशत भएको छ ।

यसैकारण निजी सवारीको मूल्यमा २ प्रतिशतले वृद्धि हुने पक्का छ । मोटरसाइकलमा पनि बढेको सडक बढेकै दस्तुर बराबर स्वतः मूल्य बढ्नेछ ।

सूचीमा हेर्नुस्

निजी मोटरसाइकलको कर  

 

सवारी क्षमता (सीसी) पहिलेको दर (रु.) अबको दर (रु.) बढेको (रु.) 
१ सय २५ सम्म २,५००
१२६ देखि २५० सम्म ४,०००
२५१ देखि ४०० सम्म ६,००० ८००० २,०००
४०० माथि १०,००० १५००० ५,०००

 

निजी कार/जीप र माइक्रो कर

सवारी क्षमता (सीसी) पहिलेको दर (रु.)     अबको दर (रु.)    बढेको (रु.) 
१००० सम्म १८,००० १९,००० १,०००
१००१ देखि १५००सम्म २०,००० २१,००० १,०००
१५०१देखि २०० सम्म २२,००० २३,००० १,०००
२००१ देखि २५०० सम्म ३०,००० ३२,००० २,०००
२५००१ देखि २९००सम्म ३५,००० ३७,००० २,०००
२९००१ माथि ५०,००० ५३,००० ३,०००

 

अन्य निजी सवारीको कर

सवारी पहिलेको दर (रु.)   अबको दर (रु.)    बढेको (रु.) 
मिनि टि्रपर २०,००० २५,००० ५,०००
अटो रिक्सा ५,००० ५,०००
ट्रयाक्टर ३,००० ४,००० १,०००
पावर टिलर २,५०० ३,००० ५००
मिनि ट्रक र बस २२,००० १८,००० ४,०००
ट्रक/बस २७,००० ३०,००० ३,०००
निर्माण उपकरण ३०,००० ३५,००० ५,०००

 

भाडाका जीप कार तथा माइक्रो सवारीको कर

सवारी क्षमता (सीसी) पहिलेको दर (रु.) अबको दर -रु.) बढेको (रु.)
१३००सम्म ६,००० ८,००० २,०००
१३००१देखि २०००सम्म ७,००० ९,००० २,०००
२००१देखि २९००सम्म ८, ५०० ११,००० २,५००
२९०१देखि ४०००सम्म ११,००० १३,००० २,०००
४००१ माथि १३,००० १५,००० २,०००
निर्माण उपकरण १४,००० १७,००० ३,०००
टेम्पो र अटो रिक्सा ३,५०० ४,००० ५००
ट्रेक्टर २,००० २,५०० ५००
पावर टिलर १,५०० २,००० ५००
मिन ट्र र बस १२,०००         –
मिनि टि्रपर १०,००० १४,००० ४०००
ट्रक र बस १२,००० १६,००० ४,०००

स्रोतः यातायात व्यवस्था विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment