Comments Add Comment

मेस्सीः जसले डेब्यू खेलमा ४७ सेकेन्डमात्र खेल्न पाए

Messi_arjentina

लिओनल मेस्सीलाई विश्वका सबैभन्दा उत्कृष्ट फुटबलर मानिन्छ । उनी संसारका एक खेलाडी हुन्, जसले लगातार चार पटकसहित पाँच पटक बालोन डि’ओर जितेका छन् ।

तीन पटक युरोपियन गोल्डेज शूको उपाधि जित्ने पनि उनी एक्ला फुटबलर हुन् । तर, उनको दुर्भाग्य रहृयो कि अर्जेन्टिनालाई कुनै ठूलो उपाधि दिलाउन सकेनन् ।

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग टाइब्रकेरमा पराजित भए, जुन खेलमा उनले पेनाल्टी मिस गरे । यो हारसँगै उनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए । तर, क्लब फुटबलमा उनको जादु देख्न पाइन्छ । मेस्सीबारे १० रोचक कुरा छ ।

१. मेस्सी भलै अर्जेन्टिनालाई च्याम्पियन बनाउन सकेनन् । तर, अर्जेन्टिनाको सबैभन्दा सफल फुटबलर हुन् । उनले देशका लागि ५५ गोल गरेका छन् । यति गोल अरु कुनै अर्जेन्टिनी फुटबलरले गर्न सकेका छैनन् ।

२. आफ्नो फुटबल कलाबाट विश्वलाई मोहित बनाउने मेस्सी बाल्यकालमा ग्रोथ हारमोनसम्वन्धी बिमारीबाट ग्रसित थिए । उनको प्रतिरोधी क्षमता कम थियो र आँखाको चमक कम भइरहेको थियो । उनलाई बढ्नका लागि बाहिरबाट हारमोन दिनु आवश्यक पर्‍यो । उनले लगातार तीन वर्षसम्म सातामा पाँच दिन सुई लगाउनु पथ्र्यो ।

messi_goal

३. मेस्सीको फुटबल प्रतिभालाई सबैभन्दा पहिले बार्सिलोनाले पहिचान गर्‍यो । क्लबले १३ वर्षको उमेरमा मेस्सीलाई १४ डिसेम्बर २००० मा अनुबन्ध गरेको थियो । मेस्सी आफ्नो पिताका साथ बार्सिलोनाका टेक्निकल सचिव कार्लोस रेक्सेकले अनुबन्ध गर्न लागेका थिए । अझ रोचक त के भने मेस्सीसँग सम्झौता गर्न बार्सिलोना यति हतारिएको थियो कि उनको अनुवन्ध एक न्यापकिन पेपरमा लेखिएको थियो ।

४. मेस्सीलाई बाल्यकालमा खाना निकै मन पथ्र्यो । उनलाई गाईको रातो मासु, चिकेन, टमाटर, प्याज आदि खान मनपर्छ ।

५. मेस्सीलाई २००५ मा स्पेनले आफ्नो देशबाट खेल्न अफर गरेको थियो । तर, उनले यो प्रस्ताव अस्वीकार गरे, जतिबेला उनले अर्जेन्टिनाबाट खेल्न पाएका थिएनन् ।

६. मेस्सीले २००५ अगष्टमा अर्जेन्टिनी टोलीबाट हंगेरीबिरुद्ध डेब्यू गरे । १८ वर्षका मेस्सीले डेब्यू खेलमा मात्र ४७ मिनेटमात्र खेल्न पाएका थिए । उनले पहिलो खेलमै रातो कार्ड पाएका थिए ।

७. मेस्सीको पुर्खा इटालियन मूलका थिए । उनको पूर्वज १८८३ मा अर्जेन्टिना गएर बस्न थाले र उनकी आमा लेबनानी मुलकी हुन् ।

८. मेस्सकिो जन्म अर्जेन्टिनाको रोसारियोमा भएको थियो । यहाँ चे ग्वेभाराको जन्म भएको थियो ।

९.मेस्सी फुुटबल मैदान बाहिर मानिसहरुलाई सहयोगका लागि निकै काम गरेका छन् । उनले २००७ मा लियो मेस्सी फाउण्डेसन स्थापना गरे । र, आफ्नो शहरमा बच्चाको अस्पताल खोले । सिरियाली बच्चाको सहायताका लागि उनले २०१३ मा आफ्नो कमाईको एक तिहाई दान दिएका थिए ।

१०. मेस्सीको छोराको जन्म २ नोभेम्बर २०१२ मा भएको थियो । थिएगो जन्मिएको ७२ घन्टामा नै उनलाई नेवले ओल्ड ब्वाइज क्लबले अनुबन्धित गरेको थियो । थिएगोको नामको ट्याटु मेस्सीले आफ्नो पिँडुलामा बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment