Comments Add Comment

कांग्रेस र मधेसवादी दलसहित राष्ट्रिय सरकार बनाऔंः नेपाल

१३ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् । एमाले नेता नेपालले नेपाली कांग्रेस र मधेसवादी दलसहितको राष्ट्रिय सरकार गठन गरेर मात्र हाल देखिएका समस्या समाधान गर्न सकिने उनले बताए ।

Madhav-Nepalपुष्पलाल स्मृति प्रतिष्ठानले सोमबार काठमाडौमा गरेको कार्यक्रममा एमाले नेता नेपालले अबको डेढ वर्षभित्र गर्ने कामको सूची बनाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने र त्यस्तो सरकार गठन गर्दा संविधानले परिकल्पना गरेका तहको निर्वाचन गर्न सजिलो हुने बताए ।

राष्ट्रिय सहमतिको सरकार नभएकै कारण कांग्रेसले लगातार संसद्को बैठक अवरुद्ध गरिरहेको र कानून बनाउने काम नै प्रभावित हुन पुगेको भन्दै उनले सहमतीय सरकारका लागि कुनै दलले प्रधानमन्त्री आफैंलाई चाहिन्छ भनेर लफडा गर्न नहुने बताए ।

एमाले नेता नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीमा गुटबन्दीलाई प्रोत्साहन गरेको आरोप लगाए ।

उनले भित्रभित्रै गुटलाई प्रश्रय दिने काम भइरहेको भन्दै यसबाट पार्टी कमजोर हुनेतर्फ नेतृत्व सचेत हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment