Comments Add Comment

काठमाडौंमा पूर्वाञ्चल युनिभर्सिटीको शैक्षिक मेला हुने

pu-meet
१३ असार, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले असार १७ देखि ३ दिनसम्म काठमाडौंमा ‘पूर्वाञ्चल युनिभर्सिटी एजुकेसन फेयर २०१६’ गर्ने भएको छ ।

त्रिपुरेश्वर स्थित बल्र्ड ट्रेड सेन्टरमा हुने शैक्षिक मेलामा विश्वविद्यालयमार्फत संचालित इन्जिनियरिङ, जेनरल साइन्स, हेल्थ साइन्स, मेनेजमेन्ट, फेसन डिजाइन, वायोमेडिकल इन्जिनियरिङ, एगि्रकल्चर भेटनरी, कम्प्यूटर, मास कम्यूनिकसेन, ल र लिभरल आर्टस लगायतका विषय अध्यापन गराइरहेका ६० भन्दा बढी कलेजहरुको सहभागिता रहनेछ । फेयरमा फेसन सो र फुड स्टल पनि समावेश गरिने छ ।

मेलामा विद्यार्थीहरुले एकैथलोमा विभिन्न फ्याकल्टी र कलेजहरुसँग सम्वन्धित जानकारी प्राप्त गर्न सक्नेछन् । त्यसैगरी शैक्षिक परामर्शर्, प्रेजेन्टेसन र सेमिनारहरुमा पनि विद्यार्थीहरु सहभागी हुन पाउनेछन् ।

अवलोकनमा आउने विद्यार्थीलाई विभिन्न शिर्षकका स्करलसिप, एजुकेसन लोन र विभिन्न सेवा-सुविधाको पनि ब्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ ।

विद्यार्थीहरुले कलेज तथा विषय छनौटका लागि कलेज/कलेजमा पुग्नुपर्ने बाध्यतालाई मेलाले घटाउने आयोजकको विश्वास छ ।

लहडको भरमा विदेश जाने, विदेशी विश्वविद्यालय तथा कलेजहरुको विषयमा आवश्यक जानकारी नराख्दा गुणस्तरहिन अध्ययन गर्न बाध्य हुने जस्ता समस्याबाट विद्यार्थीलाई जोगउन मेला उपयोगी हुने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment