Comments Add Comment

सिंगापुर एयरलाइन्सको विमानमा आगलागी, सबै सकुसल

१३ असार, काठमाडौं । सिंगापुर एयरलाइन्सको विमान आकस्मिक अवतरण गरेलगतै आगलागी भएको छ ।

Singapore-Airlinesफ्लाइन एसक्यू ३६८ मिलानका लागि उडेको थियो । तर, चालकले इन्जिनमा समस्या भएको घोषणा गर्दै चेङ्गी विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।

विमानमा २ सय २२ यात्रु र चालक दलका १९ सदस्य थिए । अवतरणको केहीबेरमा नै विमानमा आगलागी भएको थियो । तर, सबै यात्रु सकुशल छन् ।

विमान उडेको झण्डै एक घन्टा भएपछि यात्रुहरुले ग्यासको गन्ध आएको बताएका थिए । लगत्तै पाइलटले इन्धन चुहिएको भन्दै विमानलाई सिंगापुर नै फर्काएर सम्भावित ठूलो दुर्घटनाबाट जोगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment