Comments Add Comment

पुनर्निर्माणमा संलग्न एनजीओहरु उपक्षेत्रीय कार्यालय मातहत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा अधिकार प्रत्यायोजन

१३ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गैरसरकारी संस्थासँग समन्वयन गर्ने, मूल्यांकन गर्ने जस्ता अधिकार उपक्षेत्रीय कार्यालयहरुलाई प्रत्यायोजन गरेको छ । उपक्षेत्रीय कार्यालयहरुलाई थप प्रभावकारी र क्रियाशिल बनाउन अधिकार प्रत्यायोजन गरेको प्राधिकरणले जनाएको छ ।

Reconstruction-Authorityयस्तै प्रचलित ऐनअनुसार कार्यालय प्रमुखको रुपमा कामकाज गर्ने, गराउने, स्रोत केन्ऽहरुको स्थापना गरी त्यसको सुपरीवेक्षण गर्ने अधिकार पनि उपक्षेत्रीय कार्यालयहरुलाई दिइएको छ ।

प्राधिकरणले गैरसरकारी संस्थाहरुबाट प्राप्त परियोजना प्रस्तावको मूल्यांकन, स्वीकृति, अनुगमन तथा मूल्यांकन गर्ने अधिकार पनि उपक्षेत्रीय कार्यालयलाई दिएको छ ।

यस्तै जिल्लामा पुनर्निर्माण पुनर्स्थापना तथा जीविकोपार्जन सम्बन्धी कार्य गरीरहेका सरकारी संस्थाहरुको संख्या, क्रियाकलापहरु, प्रगती विवरणहरु अद्यावधिक गरी राख्ने र आवधिक रुपमा त्यसको संक्षिप्त प्रतिवेदन केन्द्रमा पठाउने समेत जिम्मा दिएको छ ।

प्राधिकरणले पुनर्निर्माणमा भएका कामको प्रगतीबारे सरोकारवाला निकायसँग सार्वजनिक सुनुवाई गर्न समेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment