Comments Add Comment

पोखरामा रोपाइँ महोत्सवको तयारी पूरा, ५ सय विदेशी पर्यटक सहभागी हुने

ropai-pressmeet
१३ असार, पोखरा । पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले आगामी असार १५ गते हुने रोपाइँ महोत्सवको तयारी पूरा भएको छ ।  आयोजक पोखरा पर्यटन परिषदले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

यसवर्ष ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो । पोखरा-१७ महतगौंडास्थित राम भण्डारी र विक्रम भण्डारीको ६ रोपनी जग्गामा रोपाइँ  हुनेछ ।

महोत्सव स्थलमा सिंचाइँसहित आवश्यक सम्पूर्ण सामग्री तयारी अवस्थामा राखिएको महोत्सव संयोजक डम्बरबहादुर केसीले जानकारी दिए । प्रचारप्रसारलाई पनि तीव्र पारिएको बताउँदै उनले महोत्सवमा करीब २५ हजार दर्शक उपस्थित गराउने दावी गरे ।

महोत्सवको अवसरमा साउने प्रतियोगिता (हल गोरु दौड), आमा समूहहरुबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता -नेपाली पुरुष), हिले दौड प्रतियोगिता (नेपाली महिला), हिले दौड प्रतियोगिता (विदेशी पर्यटक पुरुष) र हिले दौड (विदेशी महिला) प्रतियोगिता आयोजना गरिनेछन् ।

त्यस्तै, रस्साकसी प्रतियोगिता -विदेशी तथा नेपाली), पत्रकारहरुको हिले दौड प्रतियोगिता पनि हुने उनले बताए । महोत्सवको अवसरमा कास्की जिल्लामा उत्कृष्ट हुने र स्थानिय उत्कृष्ट कृषकलाई एक/एक जना कृषकलाई सम्मान गरिने परिषदका अध्यक्ष सोम थापाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ हजार, द्वितीय हुनेलाई २ हजार, तृतीय हुनेलाई १ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ५ सय रुपैयाँसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने परिषदका महासचिव रामु गौतमले बताए ।

असारे रोपाइँ तथा गीत प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजारसहित ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment