Comments Add Comment

सितापाइलामा पनि महिन्द्रा गाडीको सर्भिस सेन्टर

pranam-auto
१३ असार, काठमाडौं । महिन्द्रा गाडीको आधिकारीक सर्भिस सेन्टर बालाजु अटोवर्कसले आफ्नो आधिकारिक सर्भिस सेन्टर प्रनाम  अटोमोबाइल उद्घाटन गरेको छ । यसको उद्घाटन अग्नि ग्रुपका प्रवन्ध निर्देशक क्याविनट श्रेष्ठ र कम्पनीका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गरे ।

यो सर्भिस सेन्टर सितापाइलाको बाफलको रिंगरोडमा अवस्थित छ । बालाजु अटोवर्कसले आफ्ना ग्राहकहरुलाई सहज होस् भन्ने उद्देश्यले सर्भिस सेन्टर स्थापना गरेको हो ।

अन्य सर्भिस सेन्टरमा जस्तै यसमा पनि सातै दिन तथा २४ सै घण्टा सर्भिस  सेवा उपलब्ध हुनेछ । डेनपेन्टसहित कुनैपनि स्थानमा गाडी बिगि्रएमा सोही स्थानमा गई गाडी मर्मत गर्ने सुविधा पनि दिइनेछ ।

सेन्टरमा आधुनिक प्रविधिबाट गाडीको चेक जाँच तथा मर्मत गरिन्छ भने गाडी सफा गर्ने सुविधा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment