Comments Add Comment

स्थानीय तहको चुनावमा भाग लिने नयाँ शक्तिको निर्णय

१३ असार, काठमाडौं । नयाँ शक्ति नेपालले आगामी मंसिर महिनामा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

Baburam-Bhattraiनयाँ शक्तिको केन्द्रीय परिषद् सचिवालयको चार दिनदेखि काठमाडौमा जारी बैठकले अब हुने स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको हो । बैठकले निर्वाचनमा वैकल्पिक शक्तिको हैसियत आर्जनका लागि तीन महिनासम्म संगठन विस्तारमा केन्द्रीत हुने निर्णय गरेको छ ।

बैठकपछि पार्टी प्रवक्ता खिमलाल देवकोटाले निर्वाचनको तयारीस्वरुप केन्द्रीय परिषद्का सदस्यहरु तीन महिनासम्म जिल्ला र गाउँमा नै रहने गरी संगठन विस्तारमा लाग्ने निर्णय गरेको जानकारी दिए ।

दुई साता पहिले मात्र गठन भएको नयाँ शक्तिले पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य साधारण सदस्यले मतदान गर्ने गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुन्ने र त्यसका लागि पार्टीभित्र निर्वाचन आयोग गठन गर्ने निर्णय गरेको छ ।

बैठकले केन्द्रीय परिषद् सचिवालयलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment