Comments Add Comment

पोर्न उद्योगमा जबर्जस्ती !

japan_porn_industryपोर्न उद्योगमा समेत यौनकार्यका लागि जबर्जस्ती हुन्छ भन्ने सुन्दा अचम्म लाग्दछ । पोर्न फिल्मका स्टारहरु आफ्नै राजिखुसीले विभिन्न खाले पोर्न गतिविधिमा संलग्न हुँदाहुन् भन्ने अनुमान गरिन्छ । तर होइन रहेछ । जापानको पोर्न उद्योगमा जबर्जस्ती हुने गरेको खुलासा भएको छ ।

जापानको पोर्न उद्योगको एक संस्थाले ऊमाथि लागेको गम्भीर आरोपका बारेमा माफी माग्दै गल्ती सच्याउने बाचा गरेको छ ।
पोर्न उद्योगमा काम गर्ने एक महिलाले आफुले नचाहेको यौनकार्यमा संलग्न गराएको गुनासो गरेपछि जापानी पोर्न उद्योगको आलोचना भएको थियो ।

जापानको एडल्ट सेक्स उद्योगमाथि मानव अधिकार हननको आरोप लाग्ने गरेको छ । बौद्धिक सम्पदा संवर्द्धन संगठनले पोर्न उद्योगहरुलाई निर्देशन दिँदै महिला पोर्न कलाकारहरुको इच्छा विपरितका यौन कार्यमा सहभागी नगराउन भन्दै यदि त्यस्तो गरेको पाइएमा जरिवाना गरिने चेतावनी दिएको छ ।

यो महिलाको सुरुमा एक पोर्न कलाकारले पोर्न फिल्म खिच्ने क्रममा आफुमाथि क्यामरा अगाडि लगातार बलात्कार भएको गुनासो गरेसँगै ट्यालेन्ट एजेन्सी माक्र्स नामक पोर्न फिल्म निर्माता कम्पनीका अध्यक्ष र अन्य दुइ कर्मचारीलाई गिरफ्तार गरेको थियो । ती महिलालाई जागिरबाट निकाल्ने धम्की दिँदै लगातार बलात्कार गरिएकेा उनको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment