Comments Add Comment

कृषिमा लगानी नगर्ने बैंकलाई कारबाही हुने

Ipm_Tarkari kheti१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका टेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कृषि क्षेत्रमा लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गरिने बताएका छन् ।

कृषि कर्जाको आवश्यकता, सम्भावना र चुनौती विषयमा नेपालगन्जमा भएको अन्तरक्रियामा सिवाकोटीले प्राथमिकताका क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहेको बताए । उनले कृषि र उर्जामा १२ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था भएपनि त्यसअनुसार लगानी हुन नसकेको बताए ।

उनले कृषि क्षेत्रमा लगानी बढाउँदै जानेसमेत जानकारी दिए । उनले भने ‘कृषिमा लगनी बढाउँदै लैजाने तयारी भइरहेको छ ।’ आजको अन्नपूर्णमा समाचार छ ।

सिवाकोटीका अनुसार २९ बैंक तथा वित्तीय संस्थाले ७.१ प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेका छन् । उनले कृषिलाई व्यवसायीकरण गर्नुपर्ने बताए । उनले प्राथमिकता तोकिएको क्षेत्रमा लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई जरिवानासहित कारबाही गर्ने व्यवस्था हुन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment