Comments Add Comment

‘हामीले गर्न खोजेको क्रान्ति हो, युद्ध होइन’ : विप्लव

बाबुरामले भयंकर कमजोरी गरे

biplap१४ असार, काठमाडौं ।  नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आफूहरुले युद्ध नभर्इ क्रान्ति गर्न खोजेको बताएका छन् । उनले पछिल्लो समय विप्लब माओवादीले युद्ध गर्दैछ भनेर विषयलाई तोडमोड गरेको बताएका छन् ।

क्रान्ति नेपाली जनताको विषय  भएको भन्दै विप्लवले  बौद्धिक वर्गदेखि सामान्य भरियासम्म देशको स्थितिबाट कोही सन्तुष्ट नभएको भन्दै क्रान्तिको आवस्यकता रहेको बताए ।

नयाँ पत्रिकासँगको अन्तरवार्तामा उनले भने ‘हामीले आफ्ना विषयलाई व्यवस्थित ढंगले अगाडि सारेका छौंँ। संविधान सही ढंगले बनेन । राज्यमा पुनर्संरचना नभएसम्म अथवा राज्यमा माओवादीको सहभागिता नभएसम्म संविधान बन्दैन, बने पनि सफल हुँदैन, हामीले भनेका थियौँ । उहाँहरूलाई यो केही पनि होइन भन्या जस्तो परेको थियो, अहिले पनि सायद त्यही होला । उहाँहरूले नारा पनि दिनुभयो, आर्थिक समृद्धि हुन्छ आदि इत्यादि । तर, संविधान नबन्दै देश एकप्रकारले ठूलो घोषित त होइन, अघोषित द्वन्द्वमा देश पुगेको छ । ‘

विप्लबले प्रचण्डको नेतृत्वमा गरिएको जनयुद्धबाट उनी पछिहटेको आरोप लगाए । उनले आफूहरुको युद्ध पदका लागि भन्दा पनि राज्यको पुनरसंरचनाको लागि भएको भए पनि त्यसो नभएको बताए । उनले भने ‘ गाउँदेखि ठूला सहरमा समेत परास्त भइसकेको पुरानो सत्तालाई फेरि फर्काउने काम भयो । सबैभन्दा ठूलो असहमति हाम्रो यही हो । संसारभरको मान्यता पनि के हो भने जितेको ठाउँमा जित हुने भइहाल्यो, सम्झौतामा आएका ठाउँमा पनि पावर सेयरिङ हुनुपथ्र्यो । जनयुद्धले नेताहरूको सुविधाको पावर सेयरिङ मागेको होइन, मन्त्रीको पदको पनि होइन । राज्यसत्ताको संरचनामा हुनुपथ्र्यो जुन भएन’

विप्लवले भने’ माथिदेखि तलसम्म राज्यका अरू अंगमा साझेदारीसेटमा काम गर्न माओवादीले पाउनुपर्छ भन्ने थियो । तर, त्यसो हुन पाएन । प्रचण्ड कमरेडले यहाँ ठूलो कमजोरी गर्नुभयो । उहाँहरू एकदम हावामा उड्नुभयो भन्ने बुझाइ छ मेरो । कहाँ बतासिनुभयो, त्यो भनिरहन जरुरी छैन । तर, त्यसको फाइदा कांग्रेस, एमालेका साथीले उठाए । उनीहरूले हामीलाई सत्ताबाट पूरै लखेटे।’

बाबुराम भट्टराईले नयाँ पार्टी घोषणा बारे सोधिएको प्रश्नमा विप्लवले भने ‘बाबुरामजीले भयंकर कमजोरी गर्नुभयो भन्ने हाम्रो निष्कर्ष छ । उहाँ माओवादी हुनुभयो र आज विसर्जनमा जानुभयो । त्यतिवेला बाबुरामजीको एउटा तर्क थियो, प्रचण्डसँग बहस गर्दा । उहाँले प्रचण्डलाई पनि अलिकति अनुभववादी भन्नुहुन्थ्यो । ‘  विप्वबले भने ‘त्यत्रो बलिदानमा हिँडेको मान्छे, आज आएर त्यो मान्यता नै ठीक थिएन भन्दै हिँडनुभएको छ, त्यो उहाँकै लागि पनि घातक छ । तेस्रो उहाँ जहाँ पुग्नुभएको छ, त्यो राजनीति नयाँ शक्ति भनेर उहाँले भन्नुभएको छ, त्यो पुरानो सत्तासँगको आत्मसमर्पण हो ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment