Comments Add Comment

धेरै तातो पेय पदार्थले अन्न नलीमा क्यान्सर हुनसक्छः डब्लुएचओ

drinking waterधेरै तातो खानेकुराको सेवनले जिभ्रोमा घाउ हुन सक्ने कुरा त सबैलाई थाहा छ । तर अधिक तातो पानी, चिया, कफी लगायतका पेय पदार्थको सेवनले अन्न नलीमै घाउ हुनसक्ने बारे तपाईहरुलाई कत्तिको जानकारी छ ?

हो, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भर्खरै सम्पन्न गरेको एक अध्ययनअनुसार धेरै तातो पेय पदार्थको सेवनले अन्ननली अर्थात इसोफेगसको क्यान्सरसम्म हुन सक्ने खतरा देखिएको छ । उक्त अध्ययन अनुसार विशेषगरी ६५ डिग्री सेन्टिगे्रटभन्दा बढी तातो पेय पदार्थको सेवनले अन्न नलीमा क्यान्सर हुनसक्ने देखिएको हो ।

तर त्यही पदार्थ कोठाको तापक्रम अनुसार सेवन गर्नाले यसले पाठेघर, लिभर तथा ब्रेस्ट क्यान्सरको जोखिम कम गर्न मद्दत डब्लुएचओले जनाएको छ । अध्ययन डब्लुएचओ अन्र्तगतको इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर -आइएआरसी) ले गरेकोे थियो ।

तातो पेय पदार्थ सम्बन्धि एक हजारभन्दा बढी लेखको समिक्षा पश्चात आइएआरसीलेे तातो पदार्थले अन्न नलीको क्यान्सर उत्पन्न गर्न सक्ने निष्कर्ष निकालेको हो । ‘यहाँ कुन पदार्थले क्यान्सर गराउने भन्दा त्यसको तापक्रम कति छ भन्ने कुरा महत्वपुर्ण हो’, संसारकै सबैभन्दा धेरै रुचाइएको पेय पदार्थको समिक्षामा भाग लिएकी इपिडेमोलोजिस्ट डाना लोमिसले भनिन् ।

आइएआरसीले अध्ययनका लागि विभिन्न लेख तथा पत्रपत्रिकाको अध्ययन गरेको थियो । जसमा कफी तथा मेट -दक्षिणी अमेरिकन हर्बल इन्फ्युजन, जुन पश्चिम एसियामा निकै लोकपि्रय छ) कुनै प्रकारका क्यान्सरसित सम्बन्धित छ कि छैन भनेर अध्ययन गरिएको थियो ।
सन् १९९१ मा गरिएको पछिल्लो अध्ययनले यी दुवैलाई क्सान्सर गराउन सने तत्वमा वर्गीकृत गरेको थियो । क्यान्सिरोजेनिक तत्व भन्नाले मानिसको शरीरमा क्यान्सर गराउने तत्व भन्ने बुभिन्छ ।

‘त्यसबेलाको प्रमाणले कुनै पनि पेय पदार्थले क्यान्सरको जोखिम उच्च गराउने जनाएको थिएन’, आइएआरसीले भन्यो ।

‘विशेषगरी चीन, इरान, टर्की लगायतका ठाउँमा जहाँ यसको अध्ययन गरिएको थियो । त्यहाँ धेरै तातो चिया, कफी, मेट लगायतका पेय पदार्थको सेवन गर्नेहरुमा अन्ननलीको क्यान्सर उनीहरुले सेवन गर्ने तापक्रम अनुसार बढी भएको पाइयो,’ ड्ब्लुएचओले भनेको छ ।
डब्लुुएचओकै एक तथ्यांक अनुसार अन्ननलीको क्यान्सरकै कारण विश्वमा वर्षेनी चार लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment