Comments Add Comment

‘गाजलु’ भर्सेस ‘कालो पोथी’, नेपाली चलचित्रमा विक्दैछ स्टारडम र कथा

anmol and kalo pothi
नेपाली चलचित्रको व्यापारिक आँकडालाई हेर्ने हो भने, पछिल्ला समयमा स्टारडम र कथाको लडाई चल्दैछ । केहि चलचित्र स्टारडमका कारण चल्दैछन् भने केहि कथाका कारण । तर, जे कारणले चलेपनि चलचित्र चल्नु आफैमा सुखद कुरा हो ।

नेपाली चलचित्रका लागि ‘वर्ड अफ माउथ’ अहिले सर्वाधिक शक्तिशाली बन्दैछ । जेठ महिनालाई मात्र हेर्ने हो भनेपनि, ८  वटा चलचित्रको भिडन्तमा कथा र स्टारडम हाबी देखिए । नायक अनमोल केसीको स्टारडमले चलचित्र ‘गाजलु’ चल्यो ।

यो चलचित्रले तेश्रो सातासम्म आइपुग्दा ३ करोड माथिको ग्रस कलेक्शन गरिसकेको छ र निर्माताको लगानी सुरक्षित छ । अर्कोतिर, कथावस्तु कै कारण ‘कालो पोथी’ चल्यो । यो चलचित्र चल्नुको एउटा मात्र कारण थियो यसको प्रस्तुती र कथा ।

अन्य ६ वटा चलचित्रले हावा खाए । आर्यन सिग्देल, रमित ढुंगानादेखि विवादस्पद बयानले चर्चामा आएकी अर्चना पनेरुसम्मले पानी भन्न पाएनन् ।

नेपाली चलचित्र क्षेत्रमा अहिले केहि कलाकारको स्टारडम हाबी छ । नायक अनमोल केसी यसको नेतृत्व गरिरहेका छन् । निखिल उप्रेती, विराज भट्ट, दयाहाङ राइहरुको डिमाण्ड बढ्दो छ ।

यता, नायिकातर्फ भने रेखा थापाले मात्र पुराना नायिकाको स्टारडको नेतृत्व गरिरहेकी छिन् । एउटै चलचित्र खेलेर साम्राज्ञीराज्य लक्ष्मी शाह चर्चित बनिन् र महंगो पारिश्रमिकको डिमाण्ड गर्ने भइन् । तर, दोश्रो चलचित्र प्रदर्शनमा नआएसम्म यीनको नामैले चलचित्र चल्छ भन्ने मुल्यांकन गलत हुनसक्छ ।

यो बर्ष प्रदर्शनमा आउने चलचित्र हेर्दा पनि चलचित्रकर्मी र रंग पत्रकार यो चल्छ र यो चल्दैन भनेर सजिलै छुट्याइदिन्छन् ।

दीपकराज गिरी, छविराज ओझा, सुवास गिरी, रामबाबु गुरुङ, दीपेन्द्र के खनाल, निश्चल बस्नेत, विकास आचार्य लगायतका मेकरले बनाएको चलचित्र हिट हुन्छ भनेर अहिलेदेखि नै चर्चा सुरु भैसकेको छ । यसको अर्थ, नेपाली चलचित्रलाई स्टारडम, कथा र मेकरले नेतृत्व गरिरहेका छन् भन्ने नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment