Comments Add Comment

बिद्युत व्यापारबारे छलफल गर्न उर्जा सचिवको टोली दिल्लीमा

urja mantrayala१४ असार, काठमाडौं । उर्जा सचिव सुमनराज शर्मा संयोजकत्वको सरकारी टोलीले भारतको नयाँ दिल्लीमा भारतीय पक्षसँग विद्युत व्यापारबारे छलफल गरिरहेको छ ।

दुई दिने छलफलका लागि सरकारी टोली आइतबार भारत प्रस्थान गरेको थियो । सोमबार दुई देशकाबीचमा विभिन्न अवस्थाका बारेमा छलफल भएको र मंलबारको छलफलपछि केही महत्वपूर्ण निर्णयहरु गरिने छलफलमा संलग्न एक अधिकारीले अनलाइनखबरलाई बताए ।

‘दुईदेशबीच विद्युत व्यापारलाई केन्द्रविन्दुमा राखेर छलफल भएको छ,’ नयाँ दिल्लीबाट ती अधिकारीले भने- ‘त्यसका लागि नयाँ आयोजना थप गर्ने, अन्तरदेशीय प्रसारणलाईनलाई बलियो बनाउनेलगायतमा गंभीर छलफल भयो ।’

दुई वर्षअघि नै नेपाल र भारतबीच विद्युत व्यापार सम्झौता भइसकेको छ । तर, पीटीए कार्यान्वयनका लागि गर्नुपर्ने आवश्यक गृहकार्यहरु नहुँदा त्यसको कार्यान्वयन हुन सकेकेा छैन ।

‘दुईदेश बीच भएको अहिलेको छलफल भनेको विगतमा भएको पीटीएको कार्यान्वयनका लागि हो,’ ती अधिकारीले भने- ‘अहिलेसम्मको छलफल सकरात्मक छ ।’

छलफलमा नेपालका तर्फबाट उर्जा सचिव शर्मा, उर्जा मन्त्रालयका सहसचिवहरु दिनेश घिमिरे, श्याम किशोर यादब, मन्त्रालयकै सागरराज गौतम, राजु महर्जन, विद्युत विकास विभागका महानिर्देशक समिर रत्न शाक्य, उपमहानिर्देशक नविनराज सिंह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले र बरिष्ठ अधिकृत शेरसिंह भाटलगायत डेढ दर्जन सहभागि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment