Comments Add Comment

कांग्रेसको प्रस्तावः भूकम्प पीडितलाई तत्कालै २ लाख, पछि एक लाख थपौं

सहमति जुटाउन बसेको कार्यदलको बैठक निश्कर्षहीन

१४ असार, काठमाडौं । व्यवस्थापिका संसदको अवरोध हटाउनेबारे सहमति जुटाउन प्रमुख चारदलीय कार्यदल असफल भएको छ । अब दिउँसो शीर्षतहमै छलफल हुने भएको छ ।

Congress-Flagभूकम्प प्रभावितलाई एकमुष्ट दुईलाख रुपैयाँ दिनुपर्ने माग गर्दै प्रमुख विपक्षी दल कांग्रेसले संसद अवरुद्ध पारेपछि सहमति खोज्न सोमबार कार्यदल बनेको थियो ।

मंगलबार विहानै बसेको कार्यदलको बैठकमा दलहरुले आ- आफ्नै अडान दोहोर्‍याएपछि कुनै सहमति हुन सकेन ।

कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गरेको छ । तर, सरकारको नेतृत्व गरिरहेको एमालेले भने किस्तामा मात्रै रकम दिन सकिने बताएको छ ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेसमेत भूकम्प पीडित परिवारलाई ३ लाख दिनुपर्ने माग गरेपछि कांग्रेसले अडान नछाड्ने संकेत दिएको छ ।

बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने, ‘किस्तामै दिने हो भने अहिले २ लाख दिऔं, पछि एक किस्ता थपौं भनेर हामीले भनेका छौं ।’

सरकारले दिने भनेको ५० हजार रुपैयाँ र १५ बोरा सिमेन्ट पनि नआउने भन्दै कांग्रेस नेताहरुले सरकारले सक्छ भने थप एक लाख दिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment