Comments Add Comment

खाद्यान्न उत्पादनका लागि रुकुमको माटो उत्कृष्ट

१४ असार, रुकुम। खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि रुकुमको माटाको उर्वराशक्ति मुलुककै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

soil-mato
जिल्ला कृषि विकास कार्यालयको पहल र अगुवाइमा रुकुमको कृषि प्रणालीमा सुधार ल्याई कृषकको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ दुई वर्षदेखि माटो परीक्षण अगाडि बढाइएको थियो ।

खाद्यान्न र नगदेबाली उत्पादनका दृष्टिले रुकुमको माटो देशभर उत्कृष्ट रहेको प्रतिवेदन सोमबार क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराका इन्द्रबहादुर ओलीले प्रस्तुत गरे ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईंले समशीतोष्ण हावापानी र सदाबहार किसिमको मौसमका कारण रुकुमको माटाको उर्वराशक्ति उच्च रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment