Comments Add Comment

‘म त तिम्रै हुँ’को गीत हेर्नुहोस्, सुस्मिता र अनमोलको प्रयास कस्तो बन्यो ?

Joshana and Aakash (8)
२ वटा गीत र ट्रेलर सार्वजनिक भएपछि निर्मात्री सुस्मिता केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’को मेकिङको बारेमा चर्चा हुन थालेको छ । सुस्मिताले छोरा अनमोल केसीको नाम राखेर निर्माण गरेको यो चलचित्र साउन ७ गतेबाट चल्दैछ । चलचित्रमा अनमोल निर्माता मात्र छन्, कलाकार छैनन् ।

संगीतकार हर्कुलस बस्नेतको संगीतमा तयार भएको कलेज गीत सार्वजनिक गरिएको छ । हर्कुलससँगै अल्मोडा राना र संजिमाको आवाज रहेको गीतमा कविराज गहतराजको नृत्य निर्देशन छ । यो गीतमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ, ज्योत्सना योगी, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुशन खड्का, सुशिल काफ्ले, अर्जुन खड्कालाई फिचर गरिएको छ ।

चलचित्रको यो गीतलाई पनि यूवापुस्ता तान्ने शैलीमा निर्माण गरिएको छ । श्रीराम महतको निर्देशनमा तयार भएको चलचित्रमा सौरभ लामाको छायांकन, हिमाल केसीको एक्सन, वनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । सुस्मिताले नै यो चलचित्रमा कथा लेखेकी हुन् भने कृष्ण आचार्यको पटकथा तथा संवाद यो चलचित्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment