Comments Add Comment

कतारमा खुल्यो पहिलो अभिनय एकेडेमी  

doha_danc_academyदोहा । कतारमा कार्यरत नेपालीले अब कतारमा अभिनय सिक्न पाउने भएका छन प्यासन नृत्य तथा अभिनय एकेडेमी सञ्चालनमा आएसँगै अभिनय सिक्ने अवसर जुरेको हो । यो कतारको पहिलो नेपाली अभिनय एकेडेमी हो । दोहाको हिलालमा उक्त एकेडेमी अन्र्तगतको अभिनय कक्षा खोलिएको छ ।

एकेडेमीलाई सन्चालनमा ल्याउनका लागी ६ जना संरक्षक रहने भएका छन् । संरक्षकमा केशव भट्टराई , तोरन बस्नेत , महेश नेपाल , सुनिल लामा , कुमार लामा र ज्ञानेन्द्र रसाईली रहेका छन् ।

कतारमा कार्यरत कलाकारहरुले एकै ठाउँमा अभिनय , नृत्य र नाटक सिक्न पाउने भएका छन् । विगत लामो समयदेखी नाट्यविद्यामा काम गरिरहेका ज्ञानेन्द्र रसाईली कतारमा छन् । उनै रसाईलीले कतारका कलाकारहरुलाई अभिनय सिकाउने भएका हुन । केशव भट्टराईको अध्यक्षतामा शुक्रबार सम्पन्न उद्घाटन कार्यक्रममा अन्तराष्ट्रिय कलाकार मञ्च कतार शाखाका अध्यक्ष भविन्द्र तामाङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।

‘यो कार्यक्रमले काठमाडौको बागबजारको झल्को मेटायो । कतारमा पहिलो पटक अव कलाकारहरुले अभिनय सिक्न पाउने भएका छन । अभिनय हरेक कलाकारिताको महत्वपुर्ण पक्ष हो ।’ तामाङ्गले भने कुनै पनी क्षेत्रमा अघाडी बढ्न अभिनय अती नै आवश्यक पक्ष हो ।

कार्यक्रममा केशव भट्टराईले सबै कलाकारहरुलाई नाच्न , गाउन र अभिनय समेत गर्न आउने तर अभिनय कुन ठाउँमा र कती बेला गर्नुपर्छ भनेर बुझ्न जरुरी रहेको बताए । प्यासन थिएटरको बारेमा प्रष्ट पार्दै उनले भने ‘हामी कलाकारहरु अव निखारिएर प्रस्तुत हुनुपर्छ । हामीले यसैका लागी सानो प्रयास गरेका हौ ।’

कार्यक्रममा कलाकारिता सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । कतारमा यतीबेला प्रसश्त मात्रामा कलाकारहरु भेट्न सकिन्छ । तर कलाकारितालाई निखार ल्याउनका लागी त्यसको लगाम दरिलो बनाउन आवश्यकताको महशुष भने सबैले गरिरहेका छन । नाटक केवल साहित्यका रूपमा मात्रै सीमित छैन।

दृश्य काव्यका नामले समेत चिनिने नाट्य रचनाको प्रक्रिया नाटककारले सिर्जना गरेपछि मात्रै टुङ्गीदैन। कुनै पनि नाटकले तब मात्र पूर्णता पाउँछ जब त्यो रङ्गमञ्चमा प्रस्तुत हुन्छ। अव कतारमा रहेका कलाकारहरुले आफ्नो नाटक अथवा अभिनयलाई पूर्णता पाउने छन । त्यसका लागी प्यासन थिएटर गुप्रले काम गर्ने छ ।

रस, भाव र व्यञ्जनाले युक्त्त जुन अभिनय गरिन्छ त्यसैलाई नृत्य भनिन्छ । नृत्यले पनी कतारमा अव पुर्णता पाउने छ । त्यसका लागी उद्घाटनमा जस्तै जोश र जागरका साथ प्यासन एकेडेमीले काम गर्ने छ ।

 कतारमा पहिलो पटक अभिनय सिकाउने गुरु 

पूर्वी नेपालको इलाममा जन्मेमा ज्ञानेन्द्र रसाईली यतीबेला कतारमा छन । रोजगारीको शिलशिलामा विगत केही महिना पहिले कतार छिरेका उनी नाट्य विद्याका एक राम्रा हस्ती हुन । उनै रसाईलीले अव कतारमा रहेका कलाकारहरुलाई पहिलोपटक अभिनय तालिम दिने भएका छन ।

gyanendra rasaili_katarबि.स. २०५७ सालमा मंच नाटक ‘मिर्मिरे पछिको बिहानी’ को कथा , संवाद तथा सहायक निर्देशक बनेर आफ्नो नाट्य यात्रा शुरु गरेका उनले बि.स. २०५८ सालदेखी मंच नाटकमा कलाकारहै भुमिका निर्वाह गरे । कलाकारको भूमिकासँगसँगै कथा लेखन , संवाद लेखन तथा निर्देशनको जिम्मेवारी समेत वहन गरिसकेका थिए ।

करिव २ सय भन्दा बढी को संख्यामा सडक नाटक लेखन , निर्देशन तथा कलाकार बनेर काम गरि सकेका उनले १ सय ५० भन्दा बढी कचहरी नाटक लेखीसकेका छन । रेडियो नाटक लेखन , निर्देशन तथा कलाकारको भुमिकामा समेत उनको राम्रो स्थान छ ।

चौतारी नाटकका कलाकार र सुत्रधार समेत उनले गरिसकेका छन । करिव १० वटा मंच नाटकको लेखन , निर्देशन तथा कालाकारको रुपमा भुमिका निर्वाह गरिसकेको उनी बताउछन । उनले सामाजिक विषयहरुलाई समेटेर डकुड्रामा समेत बनाएका थिए । कथा मानबिरेको र ठुली नामक डकुड्रामाको कथा लेखेका उनले डकुड्रामाको कलाकारसँगै निर्देशन समेत गरेका थिए ।

वैदेशिक रोजगारी अपनाउनुको प्रमुख उद्देश्य भनेको नै आफु र आफ्नो पारिवारिक जिवनलाई आर्थिक हिसाबले अलिकति मजबुत बनाउनको खातिर रहेको उनी बताउछन । कतारमा आएर पनी यस क्षेत्रलाई विर्सन नसकेका उनले नाट्य तथा कलाकारिता क्षेत्रमा देखेका केही सपनाहरुलाई आफ्नो देशमा बसेर पुरा गर्नको लागि आर्थिक अभाव हुने भएको कारणले पनि विदेशिनु पर्ने बाध्यता रहेको सुनाए । रोजगारी नै कतारको पहिलो उद्धेश्य भएकाले त्यस पछी बचेको समयलाई कलाकारितालाई अझ निखारता ल्याउनको लागि प्रयासरत रहने उनले बताए ।

कतारमा शुक्रबार उद्घाटन गरिएको प्यासन नाट्य थिएटरमा भेटिएका उनले भने ‘कतारमा अभिनयको कक्षा गराउनको लागि गाह्रो छ । तर हामीले कक्षा नै भन्दा पनि यसलाई कार्यशाला शैलिमा अगाडी बढाउने योजना छ । प्रत्येक शुक्रबार २ देखि ३ घण्टाको समयलाई प्रयोग गरेर हुन त के नै हुन्छ र तर पनि नहुनु मामा भन्दा कानो मामा जाती भनेजस्तो मात्र भएपनि गर्ने योजना छ ।’

कतारका कालकारहरुको बारेमा जिज्ञाषा मेटाउदै यहाँका कलाकारहरु धेरै सक्रिय रुपमा अघाडी बढेको बताए । आफुँ भित्रको कलाकारसँगै कलाकारितालाई पनी जगाउनु पर्ने उनको धारण थियो । कतारमा कलाकारहरुको भिडसँगै यसको निखारतापनी खख्त जरुरी रहेको बताउने उनले कतारमा रहेका कलाकारहरुसँगको समन्वय र सहकार्यले गर्दा कतारमा प्यासन जन्मिएको छ ।

फेरी यहीँ क्षेत्रमा केही गर्ने अझै बढी जागँर पलाएको छ । आगामी दिनहरुमा कतारमा नाट्य क्षेत्रमा केही गर्ने योजना रहेको छ । सर्वप्रथम त नाटकको एउटा सक्रिय समुह निर्माण गर्ने अनि कतारमा कम्तिमा २ महिनामा एउटा नाटक प्रदर्शन गर्ने, साथै छोटा तथा लघु चलचित्रहरु प्नि निर्माण तथा प्रदर्शन गर्ने प्यासन एकाडेमीको योजना रहेको उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment