Comments Add Comment

कट्रिनाका कारण सलमान र कविरविच लफडा, दीपिकाप्रति मोडिए खान

Mumbai: Bollywood actor Deepika Padukone promotes her film Tamasha with Salman Khan on the sets of TV show "Big Boss 9" at Lonavala in Mumbai on Saturday. PTI Photo (PTI11_22_2015_000074B)

बलिउड नायक सलमान खान र निर्देशक कविर खानले ‘एक था टाइगर, बजरंगी भाइजान’ जस्ता सुपरहिट चलचित्र दिएका छन् । अब, यी दुई चलचित्रकर्मी मिलेर ‘ट्यूबलाइट’ नामक चलचित्र बनाउँदैछन् । यो चलचित्रका लागि कविर खान नायिका कट्रिना कैफ लिन चाहन्छन् । तर, कैफसँग काम गर्न सलमानलाई मन छैन ।

सलमानले कैफको ठाउँमा नायिका दीपिका पादुकोणको नाम सिफारिश गरेका छन् । तर, सलमानको कुरामा कविर सहमत छैनन् । उनी सलमान र कट्रिनालाई लिएर फेरि एक हिट चलचित्र बनाउन चाहन्छन् ।

यहि कुरालाई लिएर सलमान र कविरविच लामो समय बहस भएको छ । नायिका समेत परिवर्तन गर्न माहिर मानिएका सलमानले कविरलाई दीपिका लिनुपर्ने अडान राखेका छन् । तर, कविर सलमानको कुरामा सहमत छैनन् । दीपिका र सलमानले आजसम्म कुनै पनि चलचित्रमा काम गरेका छैनन् । यसैले पनि सलमान दीपिकालाई लिएर आफ्नो महत्वकांक्षी चलचित्र बनाउन चाहन्छन् ।

दीपिका र सलमानले लामो समयदेखि एक अर्कासँग काम गर्न खोजेका थिए । तर, यी दुइलाई पर्दा शेयर गर्ने अवसर मिलेको छैन । आफ्नो अडान नछाड्ने सलमान यसपटक निर्देशक कविर खानलाई मनाउन सफल हुन्छन् या हुँदैनन्, यो भने प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment