Comments Add Comment

पाँच वर्ष टिक्ने ग्रामीण सडक निर्माणको सस्तो प्रविधि (भिडियोसहित)

प्रकाश टिबडेवालले भित्र्याए नयाँ केमिकल

Road

१४ असार, काठमाडौं । वर्षा लाग्यो, ग्रामीण सडक हिलाम्य छन् । सदरमुकामबाट गाउँ जोड्ने अधिकांश सडकमा सवारी चल्न छाडिसकेका छन् । शहरीभित्रैका सडकहरुको अवस्था पनि उस्तै छ । रणनीतिकरुपमा खोलिएका राजमार्गहरुमा पीच नभएका भागमा ठूलो जोखिम मोलेर सवारी गुड्दैछन् ।

यो समस्यालाई सम्बोधन गर्न सडक पीच या कंक्रिट गर्नुको विकल्प नै नभएको सरकारी अधिकारी बताउँछन् । तर, अब चिन्ता नगर्नोस्, पीच गर्ने खर्च नभए पनि ग्रामीण सडक सस्तैमा निर्माण गर्न सकिने प्रविधि नेपालमा भित्रिँदैछ ।

वर्षयाममा सवारी सञ्चालन हुन नसक्ने समस्या सामाधान गर्न सहयोग पुग्ने गरी हालसालै नेपालमा धुले/हिले सडकलाई ५ वर्षसम्म मजबुत बनाएर राख्न सक्ने नयाँ प्रविधि भित्रिएको छ ।

माटे सडकलाई पीचजस्तै बनाइदिने सस्तो प्रविधिलाई अनिक ओभरसिजले नेपालमा भित्र्याएको हो । ‘वातावरण मैत्री र सस्तो लागतको सडक निर्माण प्रविधि’ नाम दिइएको यो पद्दतिबाट सडक मर्मत गर्दा लागत निकै सस्तो पर्ने देखिएको छ । त्यसैले सर्वसाधरणले पनि आफ्नो गाउँटोल एवं घर छेउको बाटोमा यो प्रविधि अपनाएर सडकमा हुने धुलो र हिलोबाट मुक्ति पाउन सक्ने देखिएको छ ।

मुख्यरुपमा ग्रामीण सडकहरुका लागि नै नयाँ प्रविधि प्रयोग गर्न सकिने नेपालमा यसको प्रवर्द्धन गरिरहेको ओभरसिजले जनाएको छ ।

यो नयाँ प्रविधिको प्रयोग गरेर ललितपुरको हात्तिवनमा चार सय मिटर सडक निर्माण गरिएको छ । यो सडकलाई नयाँ प्रविधि नमूनाका रुपमा देखाउन खोजिएको छ ।

हेटौंडाको शिवम् सिमेन्टले आफ्नो उद्योग र खानी क्षेत्रसम्म जाने सडकलाई पनि यही प्रविधि प्रयोग गरेर निर्माण चासो देखाएको छ । यसका लागि अध्ययन सुरु भएको अनि ओभरसिजले जनाएको छ ।

यस्तो छ नयाँ प्रविधि

सडक निर्माणमा प्रयोग भइरहेको यो कम लागतको प्रविधि हो । प्रतिकिलोमिटर १० लाख रुपैयाँ खर्च गर्दा ५ वर्षसम्म ग्रामीण सडकमा अहिले भोगिरहेको दुर्दशा अन्त्य गर्न सकिने यो प्रविधिको भरपर्दो विकल्प हुने देखिएको छ । यो सडक निर्माण गर्दा ‘आर्क-८८’ नामक केमकिल प्रयोग गरेर सडक निर्माण गरिन्छ ।

road construction 01

अष्ट्रेलियामा विकास भएको यो नयाँ प्रविधि अर्जेन्टिना, चिली, इन्डोनेसिया, फिलिपिन्सलगायत दर्जनौं मुलुकमा प्रयोगमा आइसकेको छ ।

ग्रामीण तथा रणनीतिक सडकहरु वर्षा लाग्नासाथ बिग्रने र हिलाम्य हुने क्रम रोक्न यो प्रविधि प्रभावकारी हुने ओभरसिजका अध्यक्ष प्रकाशकुमार टिबडेवालले बताए ।

सडक बनाउँदा प्रयोग हुने यो आर्क-८८ केमिकल घाम तथा पानी प्रतिरोधक छ । त्यसैले यो प्रविधि ग्रामीण सडकहरुका लागि महत्वपूर्ण मानिएको छ ।

माटो र ग्राभेलमा केमिकल मिसाएर सडक निर्माण गर्दा केमिकलले बलियोसँग समात्ने गर्छ । त्यसैले कम्तिमा एकपटक बनाएको ग्रामीण सडक पाँच वर्षसम्म टिक्ने कम्पनीको दावी छ । तर, तेस्रो वर्षमा सडकको सामान्य मर्मत भने गर्नुपर्नेछ ।

यो प्रविधिबाट बनेको सडकमा खाल्डाखुल्डी पर्ने समस्या एकदमै कम हुन्छ ।

सस्तो लागत

यो प्रविधि कालोपत्रे प्रविधिभन्दा ६५ प्रतिशत सस्तो रहेको प्रवर्द्धक कम्पनीको दाबी छ । सामान्यरुपमा ६ मिटर फराकिलो रहेको सडक एक किलोमिटर पीच गर्न ५० देखि ७० लाख रुपैयाँसम्म लाग्छ । यस्तो सडक मुस्किलले २ वर्ष टिक्छ । ठाउँ-ठाउँमा खाल्डा पर्न त एक वर्ष पनि लाग्दैन ।

तर, ५ वर्षसम्म टिक्ने भनिएको नयाँ प्रविधिको एक किलोमिटर सडक बनाउन २५ देखि ३० लाख मात्रै लाग्ने ओभरसिजका निर्देशक योगराज कँडेलले बताए । यसमा ग्राभेल नमिसाउने हो भने अझै सस्तो लागतमा सडक बन्न सक्ने उनको दाबी छ ।

कसरी बन्छ सडक ?

यो प्रविधिलाई नयाँ भनिए पनि निर्माण प्रक्रिया भने खासै फरक छैन । सडकलाई मर्मत गर्दा सुरुमा दुईतर्फबाट पानी बग्ने कुलोसहित कटिङ गरिन्छ । सडकलाई उचित लेभलमा मिलाइन्छ । त्यसपछि सडकलाई माटो निस्कने गरी जोत्नुपर्छ । यसमा स-साना आकारका क्रंक्रिट हाल्दा राम्रो हुन्छ । माटोको मात्रै पनि प्रयोग गर्न सकिन्छ ।

road construction 04

त्यसपछि ट्यांकरमा पानी राखेर त्यसमा आवश्यक मात्रामा केमिकल राख्नुपर्छ । केमिकलसहितको पानीलाई ट्यांकरमार्फत जोतेर निस्कएको माटोमा खन्याउनुपर्छ । यसरी खन्याएपछि सडकमा रोलर लगाएर बाटो मिलाउनुपर्छ ।
त्यसपछि सडकलाई सुक्न दिनुपर्छ । सुकेपछि केमिकमले माटो र ढंगालाई बलियोसँग समात्छ । यो प्रविधिको मूल विशेषता भनेको पानीलाई यसले भित्र छिर्न दिँदैन । यसैकारण सडकलाई खाल्डा पर्नबाट बचाउने ओभरसिजको दाबी छ ।
यस्तो सडकमा प्रयोग गरिने ग्राभेल भने ४० मिलिमिटर भन्दा मोटो हुनुहुँदैन । १२ लाख रुपैयाँ बराबरको आर्क-८८ केमिकलले एक किलोमिटर सडकलाई पुग्छ । तर, अन्य काम गर्दा लागत केही बढ्छ ।

यस्ता सडकले ३५ टनसम्मको सवारी साधनलाई धान्छ । त्यसैले टि्रपर दौडिने सडकलाई पनि यो उपयुक्त मानिएको छ ।

भिडियोमा हेर्नुस्

(नेपालको झल्को दिने फोटो र भिडियो मलेसियाका हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment