Comments Add Comment

नेपाल–चीन केरुङको व्यापारिक मार्ग बन्द

१४ असार, धुन्चे  । गए रातिको वर्षासँग आएको पहिराले जिल्लाको पासाङल्हामु राजमार्गका दुई स्थानमा पहिरो गएको छ ।

Kerung-Nakaजिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार राम्चे गाविस–१ मूलखर्क र टिमुरे गाविस–१ रसुवागढी नजिक पहिरो जाँदा नेपाल–चीन केरुङको व्यापारिक मार्ग बन्द भएको छ ।

नेपालको उत्तरी नाका अवरुद्ध हुँदा मालबाहक सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन् । पहिरो क्षेत्रका आसपासमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख विष्टले बताउनुभयो ।

अवरुद्ध सडक खुलाउने प्रयासका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रजिअ कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment