Comments Add Comment

संसदको बैठक ५ बजेका लागि सारियो

१४ असार, काठमाडौ  । व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ ।  आज अपरान्ह १५.३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको हो ।

CA-Buildingव्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बैठक सारिएको जानकारी दिए ।

भूकम्पपीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनको कारबाही अवरुद्ध पार्दै आएको छ ।

विगत चार दिनदेखि अवरुद्ध हुँदै आएको सदनको कारबाही खुलाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन गरिएको थियो ।

सोमबार गठित कार्यदलले सामान्य छलफल गरेको भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्ने तयारी रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment