Comments Add Comment

भेडेटारमा सेञ्चुरी बैंकको शाखारहित बैकिङ सेवा

century-commercial-bank-nepal-head-office१४ असार, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक धनकुटाको भेडेटारमा सोमबारदेखि शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले यसअघि भोजपुर, कैलाली, कंचनपुर, मोरंङ, खोटाङ्ग, रौतहटबाट शाखारहित बैकिङ्ग सेवा पनि प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्तसम्म बैंकले २६ अर्ब १ करोड निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिमा बैंकले २३.२४ करोड खुद नाफा गरेेको जनाएको छ ।

बैंकले ३१ शाखा, २९ एटीएम, ८ शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment