Comments Add Comment

मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कारबाट पी खरेल सम्मानित

p-kharel
१४ असार, काठमाडौं । यस वर्षको ‘मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार’ त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्व प्रमुख एवम् प्राध्यापक पी खरेलले पाएका छन् ।

मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक खरेललाई सम्मानपत्रसहित २५ हजार राशीको पुस्कार प्रदान गरे ।

 विगत चार दशकदेखि अनवरत रुपमा पत्रकारिता तथा आमसञ्चार शिक्षण पेशा गर्दै आएका प्राध्यापक खरेलले नेपालमा पहिलो पटक वि.सं. २०३६ सालमा पाटन क्याम्पसबाट पत्रकारिता अध्ययापन सुरुवात गरेका हुन्।

इतिहास विषयमा स्नातकोत्तर गरेका उनले इंग्ल्याण्डबाट ‘एडभान्स डिप्लो इन जर्नालिज्म’ कोर्ष गरेका छन्।

त्यस्तै, कलेजले उच्च माध्यमिक शिक्षातर्फ सर्वोत्कृष्ट अङ्क ल्याउन सफल छात्र सुदन लामिछाने र छात्रा रमा पराजुलीलाई स्वर्णपदक प्रदान गरेको छ । सो अवसरमा कलेजका विद्यार्थीले क्यारिकेचर, गीत तथा नृत्यसमेत प्रस्तुत गरे ।
फोटोः रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment