Comments Add Comment

युएईको राकमा एकैसाथ दुई नेपाली रेस्टुरेन्ट खुल्ने

hotel-in-uae
राक । संयुक्त अरब इमिरेटसका विभिन्न प्रान्तमा नेपाली व्यावसायीहरु बढिरहेका बेला उत्तरी इमिरेटस् रास अल खेमा (राक)मा पनि एकसाथ दुई वटा रेस्टुरेन्ट नेपालीहरुको लगानीमा खुल्न लागेका छन् ।

प्ाहिले बन्द भएका रेस्टुरेन्टलाई नेपाली युवा व्यावसायीहरुले नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्न लागेका हुन् ।
एनआरएनका अध्यक्ष सुदिप कार्कीले एनआरएनकै युवा संयोजक निश्चल दाहालसँग मिलेर राकको नखिल एरियामा रोह अल इत्तेहाद रेस्टुरेन्ट नयाँ व्यवस्थापनमा सञ्चालन गर्ने सुरसार गर्दैछन् ।

त्यसरी नै करिब ७ वर्षदेखि मार्केटिङको राम्रो अनुभव संगालेका गुल्मी घर भई हाल काठमाडौंमा बसोबास रहेका रामबहाखुर क्षेत्रीले नखिलकोे सफिर मार्केट छेवैमा काठमाडौं रेस्टुरेन्ट यही जुलाई १, शुक्रबार ओपनिङ गर्ने तयारी पूरा भएको बताएका छन् ।

काकाठमाडौं रेस्टुरेन्टको उद्घाटन युएईका सामाजिक व्यक्तित्व सालिक सुवेदीको प्रमुख आतिथ्य तथा युएईका विभिन्न सामाजिक अभियन्ताहरुको उपस्थितिमा गर्न लागेको सञ्चालक रामबहादुर क्षेत्रीले बताएका छन् ।

स्वादिस्ट नेपाली परिकारहरुका साथमा मम, चाउमिन, नेवारी सेट, छोयला, सुकुटीलगायत नेपाली चाडपर्व विशेष खाना पाइने काठमाडौं रेस्टुरेन्टमा नेपालमै बसेर खाएको अनुभूति दिलाइने सञ्चालक क्षेत्रीले दाबी गरेका छन् ।

निःशुल्क होम डेलिभरीको व्यवस्था रहेको उक्त रेस्टुरेन्टमा मेसमा नियमित खाना खाने नेपालीहरुलाई सहुलियत दरमा सेवा दिने काठमाडौं रेस्टुरेन्टको योजना रहेको छ  ।

न्ाखिलमै सञ्चालन हुन लागेको रोह अल इत्तेहाद रेस्टुरेन्टमा नेपालीका अतिरिक्त इन्डियन, चाइनिज र कन्टिनेन्टल खाना पाइने सञ्चालक कार्कीले बताएका छन् ।

एनआरएनका केन्द्रीय सदस्य रेशम लामाकाअनुसार करिब १४ हजार नेपालीहरुको बसोबास रहेको यस क्षेत्रमा २ वटा रेस्टुरेन्ट हुनु राम्रो कुरा हो । नेपालीलाई लक्षित गर्दै खोल्न लागिएको काठमाडौं रेस्टुरेन्टमा पार्किङको राम्रो सुविधा रहेको चारवर्षदेखि राकमा ट्याक्सी चलाइरहेका सुनील चौहानले जानकारी दिए ।

सानो एरियामा एकै पटक दुईदुई वटा रेस्टुरेन्ट सञ्चालन आउन लागेपनि दुई रेस्टुरेन्टबीच स्वस्थ्य व्यावसायिक सम्बन्ध रहने दुबै नेपाली लगानीकर्ताले प्रतिक्रिया दिएका छन् ।

दुबईमा लोकपि्रय सिल्भरस्पुन रेस्टुरेन्टका सञ्चालनमध्ये एक दिपा पाण्डेले पनि राख अल खेमामा एक नेपाली रेस्टुरेन्ट खोल्न लागेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment